Category: स्वास्थ्य

अमेरिकामा भेटिए दशकौ‌ पछि मलेरियाका बिरामी
by YOUTV ११ महिना अगाडि

फ्लोरिडा, १३ असार । अमेरिकामा मलेरियाका बिरामी भेटिएका छन् ।  अमेरिकाको फ्लोरिडा र टेक्सासमा ती बिरामी भेटिएका हुन् ।   दशकौंपछि मलेरियाका पाँच केस फेला परे पछि त्यहाँ सतर्कता अपनाइएको छ ।  अमेरिकाको फ्लोरिडा र टेक्सासमा २० वर्षमा पहिलो पटक लामखुट्टेबाट सर्ने घातक रोग औलोका पाँचवटा घटनाको पुष्टि भए पछि अहिले पुन भेटिएका हुन ।  […]

अब वीर अस्पतालका जनरल बेड निःशुल्क
by YOUTV ११ महिना अगाडि

काठमाडौं, ८ असार । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पतालका जनरल बेड निःशुल्क बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको छ ।  न्याम्सको कार्यकारी परिषद्को बैठकले शुक्रबारबाटै लागु हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।  वीर अस्पतालले जनरल बेडको २०० रुपैयाँ शुल्क लिँदै आएको थियो ।  

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त
by YOUTV ११ महिना अगाडि

काठमाडौं, ८ असार ।  डा.भूपेन्द्र बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा नियुक्त भएका छन् । न्याम्सका निमित्त उपकूलपतिसमेत रहेका डा बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।  स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उप कुलपतिका नियुक्ति भएका बस्नेतसँग अन्य ११ जना प्रतिस्पर्धी रहेका थिए ।  कांग्रेस निकट […]

प्रादेशिक अस्पताल सिरहाको लापरबाही, परिवार नियोजन गर्दा आन्द्रा नै काटियो
by YOUTV ११ महिना अगाडि

मुकेशकुमार यादव सिरहा ७ असार । प्रादेशिक अस्पताल सिरहाको उपचारमा लापरबाही भएका घटना सार्वजनिक भएका छन् । परिवार नियोजन गर्ने पुगेका व्यक्तिको आन्द्रा नै काटिएको घटना सार्वजनिक भएको छ । परिवार नियोजन गर्ने क्रममा प्रादेशिक अस्पतालका चिकित्सकको चरम लापरबाहीका कारण आन्द्रा काटिँदा गोलबजार नगरपालिका–११ बलकवाकी ३२ वर्षीया अम्बिका यादव समस्यामा परेकी छन् ।  गत ५ […]

अस्पतालको गेट नजिकै बेवारिसे फेला परेका शिशु आफन्तलाई जिम्मा लगाइयो
by YOUTV ११ महिना अगाडि

मुकेशकुमार यादव  सिरहा, ५ असार। सिरहाको लहान नगरपालिका-३ मा रहेको प्रादेशिक अस्पताल गेटमा गत १३ जेठमा नवजात शिशु फालेर फरार भएकामध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवाह नै नगरीसँगै बस्दै आएकी युवतीसँगको सम्बन्धले शिशु जन्मिएपछि जन्मेको १५ दिनपछि अस्पतालको गेटमा फालेर फरार भएका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सिसिटिभी फुटेज हेरेर सादा पोसाकका प्रहरी परिचालन गरी शिशु […]

हलेसी तुवाचुङमा इएमटीसहितको एम्बुलेन्स सेवा सुरु
by YOUTV ११ महिना अगाडि

खोटाङ, १ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले राष्ट्रिय एम्बूलेन्स निर्देशिका २०७८ बमोजिम ‘ख’ वर्गको एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरभित्रका नागरिकलाई सहज तरिकाले स्वास्थ्य सँस्थासम्म पुर्‍याउन र ल्याउनका लागि नगरपालिकाले निर्देशिकाले तोके बमोजिमको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । संघ र प्रदेश स्वास्थ्य मन्त्रालयले जिपिएस जडान गरेको एम्बुलेन्समा अनिवार्य एकजना इमरजेन्सी मेडिकल टेक्नेसियन रहने व्यवस्था […]

देउवा र आरजु छुट्टाछुट्टै सिंगापुरमा, एक सातासम्म उपचार हुने
by YOUTV ११ महिना अगाडि

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पुर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् । श्रीमती आरजु राणा भने सोमवार नै सिंगापुर पुगेको उनका सचिवालय सदस्य भानु देउवाले जानकारी दिएका छन् । सिंगापुरमा पुर्व तयारीका लागि श्रीमती देउवा भने पहिला नै पुगेकी […]

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने
by YOUTV ११ महिना अगाडि

काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँछन् । मुटुमा समस्या देखा परे पछि हिजाे मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई […]

एक साताका लागि देउवा सिंगापुर प्रस्थान गर्दै
by YOUTV ११ महिना अगाडि

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि पुर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन । उनी राति ११ बजे सिंगापुरका प्रस्थान गर्नेछन् । पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि साथमा रहने छिन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley