• Home
  • अर्थ
  • २१.३२ अंकले बढ्यो नेप्से परिसूचक
Image

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि नेप्से बढ्ने क्रम रोकिएको छैन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंक बढेर २६२१.२६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक बढेको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। बैंकिङ, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार चार अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५४ स्टकको चार अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँबराबरको एक करोड १६ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सबैभन्दा धेरै कुमारी बैंकको २६ करोड ४६ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। घलेम्दी हाइड्रोको साढे २१ करोड र लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आज १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य १३.२१ प्रतिशत बढेको छ। ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।

Related Posts

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ दिन अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni ३ दिन अगाडि

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ७ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *