Image

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

चितवन, २८ असाेज । प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित चितवनकाे भरतपुर महानगरपालिका-२९, जुगेडीबाट ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकमा गाँजा ल्याइएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले ट्रक रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा ट्रकको पछाडिको ढालामा त्रिपालले छोपेर राखिएका १० वटा पोकामा १३६ किलो ५०० ग्राम गाँजा फेला परेको हो ।

गाँजासहित ट्रक र चालक मकवानपुरको भीमफेदी गाउँपालिका-४, पान्द्राङ बस्ने २७ वर्षीय रञ्जित सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ महिना अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ महिना अगाडि

विदेशको सपना छाडेर स्वदेशमै उद्यम: बिक्की शाहीको ‘NUMBUR – Heaven In Every Bite

काठमाडौं । विदेश गएर भविष्य खोज्ने सोच बनाएका धेरै नेपाली युवामध्ये केही पछिल्लो समय आफ्नै देशमा अवसर सिर्जना…

ByByanjana soni २ महिना अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *