• Home
  • ताजा समाचार
  • युवाहरूका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
Image

युवाहरूका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं, 2081 माघ 28 – हिमालयन कलेज, काठमाडौंमा “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विविध विषयहरू जस्तै मानसिक रोगहरू, तिनका लक्षणहरू, मानसिक स्वास्थ्यसम्बन्धी भ्रमहरू, तथा रोकथाम र व्यवस्थापनबारे चर्चा गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उद्धव कुमार गुप्ता, अध्यक्ष – यु टिभी नेपाल, परियोजना प्रबन्धक – गोल्छा अर्गनाइजेसन फ्युजन, संस्थापक अध्यक्ष – लायन्स क्लब अफ एक्सिलेन्स टिम काठमाडौं ३२५पी, तथा जसपा नेपालका माननीय प्रेस सल्लाहकार राजकिशोर यादव उपस्थित हुनुहुन्थ्यो।

विशेष अतिथिहरूमा चिन्तन बज्राचार्य, क्षेत्रीय अध्यक्ष – लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५एस नेपाल, प्रज्वल ढुंगाना, संस्थापक अध्यक्ष – लायन्स क्लब ललितपुर लिजेन्ड, तथा डा. पुजन पोखरेल (केएमसी) रहनुभएको थियो।

कार्यक्रमका अन्य सम्माननीय अतिथिहरूमा केमश सिंह तथा विभिन्न सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

युथ सर्भ फाउन्डेशनका पदाधिकारीहरू

अध्यक्ष: नकुल गुप्ता

सल्लाहकार: नरोत्तम पाण्डे, पियूष दारुका

उपाध्यक्ष: अंकित चौरसिया

सचिव: राहुल ठाकुर

कार्यक्रममा रामहरि सिरवाल, प्रधानाध्यापक – हिमालयन कलेज, लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो।

यस कार्यक्रमले युवाहरूमा मानसिक स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्य राखेको थियो। यस किसिमका सचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गरिनुपर्नेमा आयोजकहरूले जोड दिएका छन्।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २१ घण्टा अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ दिन अगाडि

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

काठमाडौं, २८ असोज । कपिलवस्तुमा एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् । कृष्णनगर नगरपालिका–२ बैंकरोडमा अनुगमनको क्रममा एक…

ByByanjana soni १ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *