• Home
  • राजनीति
  • सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा
Image

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले सभामुखसमक्ष राजीनामा बुझाएका हुन्।

बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले राजीनामा दिएको स्रोतले जनाएको छ। उनको राजीनामा स्वीकृत नगर्न केन्द्रका नेताहरूले दबाब दिइरहेको बताइएको छ।

मंगलबार प्रदेशसभाबाट बजेट पारित हुनुअघि भएको छलफलमा थापाले बोल्न चाहेका थिए। त्यसका लागि उनले एमाले संसदीय दलका नेता राजेन्द्र रावलसँग समय मागेका थिए। तर, रावलले उनलाई बोल्न समय उपलब्ध गराउन तयार नभएको बताइएको छ।

सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालू आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसकेको छ। सत्ता गठबन्धनमा आगामी कात्तिक १५ गते पूरक बजेट ल्याउने सहमति भएको छ ।

Related Posts

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni १४ घण्टा अगाडि

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका अधिकांश सांसदले स्वकीय सचिवमा आफन्तलाई दिए नियुक्ति शेरबहादुर थापा/न्यूज कारखाना सुर्खेत, २८ असोज । कर्णाली प्रदेश सभामा…

ByByanjana soni १८ घण्टा अगाडि

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । पार्टी…

ByByanjana soni १ दिन अगाडि

महामन्त्रीमा चुनाव हारेपछि नैनसिंह महरले भने- कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, अभियान जारी रहन्छ

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण…

ByByanjana soni २ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *