• Home
  • जिवनशैली
  • हाईलाइफ फुड्सको ‘बासमती राइस संग फेस्टिभ भाइब्स’ अभियान: काठमाडौँका मयुर बस्नेत एक लाख सहित विजेता
Image

हाईलाइफ फुड्सको ‘बासमती राइस संग फेस्टिभ भाइब्स’ अभियान: काठमाडौँका मयुर बस्नेत एक लाख सहित विजेता

काठमाडौँ, – हाईलाइफ फुड्सले चलाएको “बासमती राइस संग फेस्टिभ भाइब्स” अभियानको मुख्य विजेता काठमाडौँका मयुर बस्नेत बनेका छन्। एक लाख रुपैयाँ पुरस्कारको लागि विजेताको नाम फेसबुकमार्फत गरिएको लाइभ लकी ड्रमा सार्वजनिक गरिएको हो।

अभियानमा सहभागीहरूले #Hilifefoods, #festivevibes र #giveawaycampaigns ह्यासट्याग प्रयोग गरेर हाईलाइफ बासमती राइसबाट बनाएका रेसिपी भिडियोहरू सामाजिक सञ्जालमा शेयर गरेका थिए। बस्नेतले हाईलाइफ बासमती राइस प्रयोग गरी बनाइएको चिकन बिर्यानीको भिडियो प्रस्तुत गरेका थिए, जुन विजेता बनेको छ।

कम्पनीकी सिनियर मार्केटिङ एक्जेक्युटिभ गीता योगीले बस्नेतलाई एक लाख रुपैयाँको चेकसँगै उपहार ह्याम्पर प्रदान गर्दै सम्मान गरेको जानकारी दिईन्।

हाईलाइफ फुड्स विसं २०७६ देखि स्वास्थ्य र पोषणमा ध्यान दिने उद्देश्यसहित सञ्चालनमा आएको नेपाली ब्रान्ड हो। कम्पनीले बासमती राइस, ओटमिल, म्युजली, सोया चङ्क्स, कर्नफ्लेक्स लगायतका उत्पादनहरू नेपाली उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ। यी सबै सामग्री नेपालभरका सुपर्मार्केट, किराना पसलदेखि लिएर अनलाइन स्टोरसम्म सहजै पाइन्छन्।

नेपाली बजारमै सीमित नभई हाईलाइफका उत्पादनहरू अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया, यूएई, जापान, दक्षिण कोरिया र हङकङलगायत देशहरूमा पनि निर्यात हुँदै आएका छन्। विदेशमा बस्ने नेपालीदेखि अन्तर्राष्ट्रिय ग्राहकसम्मले हाईलाइफको स्वाद र गुणस्तरलाई राम्रोसँग मन पराइरहेका छन्।

कम्पनीले आगामी दिनमा पनि यस्तै रमाइलो र सहभागीमैत्री अभियानहरू ल्याउँदै जाने जनाएको छ।
थप जानकारीका लागि www.Hilifefoods.com.np वा @Hilifefoodsnepal हेर्न सकिन्छ।

Related Posts

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ दिन अगाडि

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

काठमाडौं, २८ असोज । कपिलवस्तुमा एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् । कृष्णनगर नगरपालिका–२ बैंकरोडमा अनुगमनको क्रममा एक…

ByByanjana soni १ दिन अगाडि

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

चितवन, २८ असाेज । प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित चितवनकाे भरतपुर महानगरपालिका-२९, जुगेडीबाट ट्रक र चालकलाई नियन्त्रणमा…

ByByanjana soni २ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *