• Home
  • ताजा समाचार
  • हाडिगाउँमा भ्रुण हत्या विरुद्धको जनचेतनामूलक नाटक प्रभावशाली रूपमा सम्पन्न सचिव दिनेश रुवाली
Image

हाडिगाउँमा भ्रुण हत्या विरुद्धको जनचेतनामूलक नाटक प्रभावशाली रूपमा सम्पन्न सचिव दिनेश रुवाली

काठमाडौं – “योगदान राष्ट्रको लागि” काठमाडौं महानगर समितिको आयोजनामा भ्रुण हत्या सम्बन्धी जनचेतनामूलक नाटक हाडिगाउँ, डबलिमा भव्य र प्रभावशाली रूपमा सम्पन्न भएको छ।

कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. ५ तथा नरदे जीवन्त हाडिगाउँ समितिको सहकार्यमा आयोजित गरिएको हो। समाजमा दिनप्रतिदिन गम्भीर बन्दै गएको भ्रुण हत्या जस्तो संवेदनशील विषयमा जनचेतना फैलाउने उद्देश्यसहित प्रस्तुत गरिएको नाटकले उल्लेखनीय दर्शक सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।

कार्यक्रममा “योगदान राष्ट्रको लागि” का केन्द्रीय पदाधिकारीहरू, गोकर्णेश्वर समितिका प्रतिनिधिहरू, वडास्तरीय जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

नाटकमार्फत भ्रुण हत्या विरुद्ध सशक्त सन्देश प्रवाह गर्न सफल कलाकार टोलिलाई आयोजक संस्थाले विशेष धन्यवाद ज्ञापन गरेको छ। विशेषगरी बबी भारती श्रेष्ठको उत्कृष्ट अभिनय प्रस्तुति दर्शकहरूमाझ चर्चित बन्यो।

संस्थाका सचिव दिनेश रुवालीका अनुसार यस्ता सामाजिक परिवर्तनमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै लैजाने “योगदान राष्ट्रको लागि” को प्रतिबद्धता रहेको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *