• Home
  • ताजा समाचार
  • गोकर्णेश्वरमा आम उद्योग वाणिज्य संघद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
Image

गोकर्णेश्वरमा आम उद्योग वाणिज्य संघद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, श्रावण २८ – आम जनता पार्टी निकट आम उद्योग वाणिज्य संघको आयोजनामा कालीमाटीस्थित भोलेनाथ काँवरिया संघको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।

२६औं श्रावणी मेलाको अवसर पारेर आयोजना गरिएको उक्त शिविरमा संघका अध्यक्ष साजन जयसवाल तथा वरिष्ठ अस्थि रोग विशेषज्ञ डा. सुनिल चौधरी (MBBS, K.U.; MS Orthopedic, IOM-TU) सहितको चिकित्सक टोलीको उपस्थिति रहेको थियो।

कार्यक्रमको समुद्घाटन भोलेनाथ काँवरिया संघका केन्द्रीय अध्यक्ष राजकुमार साह कलवार तथा कार्यकारिणी अध्यक्ष चुनुलाल जयसवालको विशेष उपस्थितिमा गरिएको थियो।

शिविरमा सर्वसाधारणले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निःशुल्क रुपमा प्राप्त गरेका थिए। अध्यक्ष जयसवाल द्वारा यस्तो सेवा आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *