Trending

Category: राष्ट्रिय खबर

पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति आकर्षण, रुपेश पाण्डेय उर्जाशील र व्यवहारिक नेताका रूपमा उदाउँदै
by Birgunj ४ महिना अगाडि

वीरगञ्ज – आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति आकर्षण तीव्र बन्दै गएको छ। यही क्रमसँगै व्यावसायिक पृष्ठभूमिबाट सामाजिक क्षेत्रमा सक्रिय युवा रुपेश पाण्डेय यस क्षेत्रका सबैभन्दा उर्जाशील र व्यवहारिक नेताका रूपमा मजबुत रूपमा उदाउँदै गएका छन्। कतिपय राजनीतिक दलमा पुरानै नेताले अवसर पाउन लागेको चर्चा चलिरहँदा पर्सा–३ मा भने पाण्डेयलाई […]

ओलीपछि प्रचण्ड पनि देउवासँग संवादमा: राष्ट्रिय सभा चुनाव र प्रदेश सरकारमा गठबन्धन कसरत
by anjana soni ४ महिना अगाडि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली कांग्रेससँग राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्ने प्रयास सुरु गरेको छ। नेकपा एमालेलाई बाहिर राखेर मधेस प्रदेशमा मंसिर १९ गते कांग्रेस नेतृत्वको सरकार गठन भएपछि यो सहकार्यको सुरुवात भइसकेको नेकपाका नेताहरूले बताएका छन्। मधेसमा कृष्ण यादव नेतृत्वको सरकारलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपाका घटकहरू), जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी […]

संसद पुनःस्थापनाको मुद्दामा कांग्रेसको निर्णय: युगचेतनाको अपमान र भित्री स्वार्थ
by anjana soni ४ महिना अगाडि

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयले संसद पुनःस्थापनासम्बन्धी रिटमा प्रत्यक्ष अदालती प्रक्रियामा नगई बस्ने अडान लिएको थियो। सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचनमा भाग लिने निर्णयसँगै कांग्रेसले विघटित प्रतिनिधि सभाका ४४ सांसदले गरेको हस्ताक्षर समेत प्रयोग नगर्ने निर्णय गरेको थियो। यो निर्णय कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैका […]

पार्टी विस्तारमा आक्रामक हर्क साम्पाङ, फेसबुक ‘स्टाटस’कै भरमा राजनीतिक सभा
by anjana soni ४ महिना अगाडि

विराटनगर — धरान उपमहानगरपालिकाका मेयरका रूपमा ‘काकाकुल’ धरानवासीलाई पानी खुवाउने वाचासहित स्वतन्त्र उमेदवारी जितेका हर्क साम्पाङ यतिबेला आफ्नो नवगठित ‘श्रम संस्कृति पार्टी’को संगठन विस्तारका लागि देश दौडाहामा लागेका छन्। मेयरको जिम्मेवारीमा रहे पनि उनले आफ्नो प्राथमिकता धरानबाट राष्ट्रिय राजनीतिमा फड्को मार्नेतर्फ सारेका छन्। मेयरमा निर्वाचित भएको पाँच वर्षे कार्यकालमध्ये तीन वर्षभित्रै नयाँ पार्टी दर्ता गरेर […]

केन्द्रीय कारागारबाट फरार सुविन गुरुङ पक्राउ
by anjana soni ४ महिना अगाडि

काठमाडौँ — गत भदौ २३ र २४ गते केन्द्रीय कार्यालय जगन्नाथ देवलमा भएको जेनजी प्रदर्शनको मौका छोपी केन्द्रीय कारागारबाट फरार भएका एक कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका सुविन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति: सुविन गुरुङ, २२ वर्षीय ठेगाना: गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ […]

जेन-जी आन्दोलनमा पक्राउ परेकामध्ये ४८ जना आपराधिक पृष्ठभूमिका व्यक्ति
by anjana soni ४ महिना अगाडि

काठमाडौँ — गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न भएको अभियोगमा पक्राउ परेकामध्ये ४८ जनाको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले मुद्दा चलाएका कूल २९८ जनामध्ये यी ४८ जना यसअघि पनि विभिन्न आपराधिक कार्यमा संलग्न भई पक्राउ परेका र मुद्दा दर्ता भएका प्रतिवादीहरू रहेको […]

नागढुंगा-नौबिसे सडक दैनिक ५ घण्टा बन्द, निर्माण कार्यलाई तीव्रता दिइने
by anjana soni ४ महिना अगाडि

काठमाडौँ – नागढुंगा-नौबिसे सडकखण्डमा निर्माण कार्यलाई अपेक्षित गति दिन सरकारले यो सडकखण्ड दैनिक ५ घण्टा बन्द गर्ने निर्णय गरेको छ। बुधबारदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन पूर्ण रूपमा बन्द रहनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायी र आयोजना पक्षसँगको छलफलपछि यो निर्णय लिएको हो। निर्माण कार्य भइरहेको […]

कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवार चयनमा कडाइ: दोहोर्‍याएर सांसद बनेका नेतालाई रोक
by anjana soni ४ महिना अगाडि

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीबाट उम्मेदवार हुन यसअघि प्रतिनिधिसभामा समानुपातिक सांसद बनिसकेका नेताहरूलाई रोक्ने नीति लिएको छ। पार्टीले आफ्नो विधानको व्यवस्थालाई कार्यान्वयन गर्दै दोहोर्‍याएर समानुपातिक सांसद बन्न नपाउने मापदण्ड लागू गरेको हो। २०७९ मा विघटित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम फेरि समानुपातिकतर्फ सिफारिस नगर्न कांग्रेसले निर्वाचन […]

एलिट डकुमेन्ट’ नहोस् संविधान: जन-जनको अपनत्व कसरी
by anjana soni ४ महिना अगाडि

काठमाडौं । नेपालको संविधान कार्यान्वयनको एक दशक पुग्न लाग्दा पनि यसको भावनात्मक स्वामित्व आम जनतामाझ पुग्न नसकेको तथा यसलाई सीमित ‘एलिट डकुमेन्ट’ को रूपमा राखिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भदौमा भएको विद्रोहपछि युवा पुस्ता (जेन–जी) लाई संविधानबारे जानकारी नभएको भन्दै दल र बुद्धिजीवीले लगाएको आरोपको जवाफमा, संविधानलाई साँच्चिकै ‘लिभिङ डकुमेन्ट’ बनाउने जिम्मेवारीबाट राज्य […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley