• Home
  • ताजा समाचार
  • जेन-जी आन्दोलनमा पक्राउ परेकामध्ये ४८ जना आपराधिक पृष्ठभूमिका व्यक्ति
Image

जेन-जी आन्दोलनमा पक्राउ परेकामध्ये ४८ जना आपराधिक पृष्ठभूमिका व्यक्ति

काठमाडौँ — गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न भएको अभियोगमा पक्राउ परेकामध्ये ४८ जनाको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले मुद्दा चलाएका कूल २९८ जनामध्ये यी ४८ जना यसअघि पनि विभिन्न आपराधिक कार्यमा संलग्न भई पक्राउ परेका र मुद्दा दर्ता भएका प्रतिवादीहरू रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।


आपराधिक पृष्ठभूमिको विवरण

पक्राउ परेका ४८ जनाको आपराधिक पृष्ठभूमि र उनीहरूमाथि हाल अनुसन्धान भइरहेका कसुरको विवरण निम्नानुसार छ:

  • कर्तव्य ज्यान सम्बन्धी कसुर: ४ जना

  • आपराधिक उपद्रव सम्बन्धी कसुर: २८ जना

  • चोरी सम्बन्धी कसुर: ४ जना

  • अभद्र व्यवहार सम्बन्धी कसुर: १ जना

  • हातहतियार सम्बन्धी कसुर: ७ जना

  • ज्यान मार्ने उद्योग सम्बन्धी कसुर: १ जना

  • आपराधिक उपद्रव र चोरी सम्बन्धी दुबै कसुर: १ जना (माथिका विवरणमा समावेश)

प्रहरी उपरीक्षक भट्टराईका अनुसार यी व्यक्तिहरू विरुद्ध यसअघि पनि ज्यान मार्ने, अभद्र व्यवहार, आपराधिक उपद्रव, सार्वजनिक अपराध, किर्ते, बैंकिङ कसुर, लागुऔषध, कुटपिट–अंगभंग, चोरी, ठगीजस्ता विभिन्न गम्भीर मुद्दाहरू दर्ता भएको पाइएको छ।

जेन-जी आन्दोलनका नाममा भएको आगजनी र तोडफोडमा आपराधिक इतिहास भएका व्यक्तिहरूको संलग्नताले आन्दोलनको उद्देश्य र प्रकृतिका बारेमा थप प्रश्नहरू खडा गरेको छ। प्रहरीले पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *