• Home
  • ताजा समाचार
  • रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा
Image

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ। दुर्घटनामा प्रहरी जवान सुभाष चौधरीको ज्यान गएको छ भने मोटरसाइकलमा सवार उनकी श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन्।

फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ गइरहेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिन्डा निवासी ३५ वर्षीय सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा खड्का घाइते भएका थिए।

दुवैलाई तत्काल एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकको प्रयास सफल हुन सकेन। उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। उनकी श्रीमती खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी जवान रहेको खुलेको छ।

घटनाले प्रहरी संगठनमा समेत दुःखद अवस्था सिर्जना गरेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

Related Posts

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

काठमाडौं, १३ कात्तिक । अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ।…

ByByanjana soni २ घण्टा अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ घण्टा अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि
1 Comments Text
  • August4794 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thanks for making this such an approachable read. You explain the subject with enough detail to be helpful without losing the overall thread.
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *