• Home
  • समाचार
  • टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ
Image

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अनलाइनमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गरी समाजमा डर र त्रास फैलाएको आरोपमा रौतहट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ निवासी २२ वर्षीय श्याम कुमार महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई असोज २८ गते राति करिब ९ बजे गौर नगरपालिका–४ बाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार महतोले टिकटकमा धारिलो हतियार बोकेका तस्बिर तथा भिडियो पोस्ट गर्दै ‘King Of Rautahat’, ‘Rautahat King Always On Top’ र ‘System Bhai’ जस्ता अभिव्यक्ति सार्वजनिक गर्ने गरेका थिए। उनका यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्न सक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने आकलनपछि प्रहरीले निगरानी बढाएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका सामग्रीको निगरानी तथा अनुसन्धानका क्रममा महतोको पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा गरिएको जाँचका क्रममा महतोको नाममा विभिन्न मितिमा चोरी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगलगायतका पाँचवटा मुद्दा चलेको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने र उच्छृङ्खल अभिव्यक्ति दिने गतिविधिमाथि प्रहरीले निगरानी बढाइरहेको जनाएको छ। पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १७ घण्टा अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ दिन अगाडि

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

काठमाडौं, २८ असोज । कपिलवस्तुमा एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् । कृष्णनगर नगरपालिका–२ बैंकरोडमा अनुगमनको क्रममा एक…

ByByanjana soni २ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *