• Home
  • खेलकुद
  • विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी
Image

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष माफी मागेका छन्।

तर, उनलाई स्पष्ट रूपमा भनिएको छ कि यदि उनले सबै कागजातहरू सार्वजनिक गरेनन् र मुख्य प्रश्नहरूको जवाफ दिएनन् भने उनी फिफाको नेतृत्व गर्न योग्य छैनन्।    इन्फान्टिनोको गोप्य ‘फिफा फरवार्ड इन्टरप्राइज’ प्रस्ताव बाहिर आए पछि बिहीबार जुरिचमा पहिलो पटक फिफा काउन्सिलको बैठक बसेकाे छ ।

एफइइ अन्तर्गत, जसलाई इन्फान्टिनोले केही दिनभित्रै खारेज गरेका थिए, फुटबलको विश्व प्रशासकीय निकाय (फिफा) का व्यावसायिक अधिकारहरूको एक हिस्सा निजी लगानी फर्मलाई दिने योजना थियो।

साढे तीन घण्टा लामो बैठकमा, इन्फान्टिनोले अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लगाइएको रातो कार्ड को प्रतिबन्ध निलम्बन गरिएको विषय, ‘फिफा शान्ति पुरस्कार’ र राष्ट्रिय फुटबल सङ्घहरूलाई दिइने आर्थिक सहयोगका बारेमा पनि प्रश्नहरूको सामना गर्नुपरेकाे थियाे ।

फुटबल एसोसिएसनकी अध्यक्ष तथा फिफाकी उपाध्यक्ष डेबी हेविटले बैठकपछि बताइन् कि आफूले अनुभव गरेका काउन्सिल बैठकहरूमध्ये यो “सबैभन्दा सशक्त, स्पष्ट र खुला” भए तापनि धेरै प्रश्नहरूको जवाफ अझै पाइएको छैन।  हेविटले भनिन्, “निराशाजनक कुरा के हो भने हामीले विशेष रूपमा माग गरेका कुनै पनि विषयको जवाफ पाएनौं, उदाहरणका लागि एफइइसँग सम्बन्धित कागजातहरू हामीलाई दिइएन्।”

“मैले सोधेँ, ‘किन दिइएन ?’ जवाफमा हामीलाई ती प्रश्नहरू लिखित रूपमा बुझाउन भनियो,” उनले अगाडी भनिन, “मलाई लाग्छ, उनले ती प्रश्नहरूको जवाफ दिनैपर्छ। यदि उनले अहिले जवाफ दिएनन् भने उनी फिफा अध्यक्ष बन्न योग्य छैनन् र बैठकमा यही कुरा राखिएको थियो।”

“यी प्रश्नहरूको जवाफ, जुन मसँग अझै छैनन्, त्यसकै आधारमा म व्यक्तिगत रूपमा निर्णय गर्नेछु कि जियानी यस पदका लागि सही उम्मेदवार हुन् वा होइनन्” उनले भनिन, “यही बिन्दुबाट हामी भन्न सक्छौं कि एफइइमा संलग्न व्यक्तिलाई विश्वास गर्न सकिन्छ वा सकिँदैन् किनकि वास्तवमा के भएको थियो भन्ने कुरा स्पष्ट नभएसम्म कसैको व्यवहारमा परिवर्तन आवश्यक छ वा छैन भनेर भन्न निकै कठिन हुन्छ।”

हेविटले इन्फान्टिनोको माफीमा “केही हदसम्म पछुतो” झल्किएको कुरा स्वीकार गरिन्।  “त्यसपछि, जे भएको थियो, त्यसप्रति हाम्रो धारणा हामीले कुनै संकोच नराखी स्पष्ट रूपमा राख्यौं,” उनले थपिन्।

“उनले वास्तवमा कुन कुराका लागि माफी मागेका थिए भने उनले त्यो विषय काउन्सिलसमक्ष ल्याएका थिएनन्। यदि तपाईंलाई साँच्चै यति गहिरो पछुतो छ भने हामीसँग त्यो कुरा साझा गर्नुहोस्।”  युरोपेली फुटबलको नियामक निकाय ‘युइएफए’  इन्फान्टिनोका सबैभन्दा कडा आलोचकहरूमध्ये एक रहँदै आएको छ र उसले पटक-पटक उनलाई पदबाट हट्न आग्रह गरेको छ।

यसले इन्फान्टिनोविरुद्ध फौजदारी कानुनी कारबाहीको तयारी गरेको छ र ‘एफइइ’ सँग सम्बन्धित सबै कागजातहरू सार्वजनिक गराउन माग गर्दै अमेरिकी अदालतहरूमा मुद्दा दायर गरेको छ। हेविटको अपेक्षा छ कि इन्फान्टिनोले अब ती कागजातहरू बिना कुनै अवरोध सार्वजनिक गर्नेछन्, जसले गर्दा काउन्सिलले वास्तवमा के भएको थियो भन्ने कुरा बुझ्न सकोस्।

हेविटले भनिन्, “काउन्सिलमा ती कागजातहरू आउनु एउटा महत्त्वपूर्ण कदम हुनेछ। यसले हामीलाई यो निर्णय गर्न सहज बनाउनेछ कि कुनै फौजदारी कारबाही अगाडि बढाउनु आवश्यक छ वा छैन।”

इन्फान्टिनोका सम्बन्धमा युइएफएको अडानमा कुनै परिवर्तन आएको छ कि भनेर सोधिँदा उनले थपिन्, “मेरो दृष्टिकोणमा, कुनै परिवर्तन आएको छैन। मसँग यस्तो कुनै नयाँ जानकारी छैन जसले मेरो सोच बदलोस्; केवल यति हो कि हाम्रा अध्यक्षले आफ्नो गल्ती स्वीकार्दै माफी मागेका छन्।”

Related Posts

माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री

काठमाडौँ, २८ असोज । सन् १९९८ को एनबीए फाइनलको ‘लास्ट डान्स’ शृङ्खलाअन्तर्गत दोस्रो खेलमा माइकल जोर्डनले लगाएको जर्सी…

ByByanjana soni २ दिन अगाडि

राेहित पाैडेलकाे शतकमा ओमानलाई नेपालले दियाे २३६ रनकाे लक्ष्य

रोहित पौडेलको शतकमा क्यानडालाई नेपालको २३६ रनको लक्ष्य आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध नेपालले २३६ रनको लक्ष्य दिएको…

ByByanjana soni ५ दिन अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ महिना अगाडि

एनपिएल: प्लेअफबाट बाहिरिएका जनकपुर र कर्णाली आज भिड्दै, प्रतिष्ठाको लडाईं

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेल आज हुँदैछ। प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिसकेका…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *