• Home
  • ताजा समाचार
  • बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्
Image

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी
वीरगन्ज

व्यापारिक प्रयोजनको नाममा बैंकका कर्मचारीलाई विश्वासमा लिई करोडौँ रुपैयाँ ठगी गरिएको रहस्य बाहिर आएको छ। रौतहटको महागढीमाई नगरपालिका बरियारपुर घर भई हाल बाराको कोल्वीमा ‘कुनाल एन्ड मुनाल इन्टरप्राइजेज’ पेट्रोल पम्प सञ्चालन गर्दै आएका राकेश सहनी र रुपाकुमारीले बैंक कर्मचारीलाई योजनावद्ध रूपमा प्रलोभनमा पारी ठगी धन्दा चलाएको र उल्टै फसाउन खोजेको पीडित पक्षले गम्भीर आरोप लगाएका छन्।

बारा जिल्लास्थित नबिल बैंकमा कार्यरत कर्मचारी नीरज गुप्तासँग केही वर्षपहिले बैंकमै चिनजानको सम्बन्ध बनाएका सहनी दम्पतीले सोही चिनजानको दुरूपयोग गरी गुप्तालाई फसाएको उनीहरूका आफन्तको दाबी छ।

आरोप अनुसार, राकेश सहनीले आफूले पेट्रोल पम्प खरिद गर्न लागेको र त्यसका लागि बैंकबाट ५५ लाख रुपैयाँ कर्जाको प्रक्रिया अगाडि बढाइएको भन्दै कर्मचारी नीरज गुप्तालाई विश्वासमा लिएका थिए। कर्जा प्रवाह हुन केही समय लाग्ने बहाना बनाउँदै सहनीले पम्प खरिदका लागि तत्कालै बजारबाट केही रकम मिलाइदिन गुप्तालाई आग्रह गरेका थिए।

सहयोगको भावना राखेर बैंक कर्मचारी गुप्ताले आफ्ना चिनजानका साथीहरू तथा शुभचिन्तकहरूसँग समन्वय गरी रकम जुटाउन सहयोग गरेका थिए। पीडित रोहित वर्णवालका अनुसार, २०८१ जेठ २३ गते ‘गुड फर पेमेन्ट’ मार्फत ३९ लाख रुपैयाँ हाल सहनी दम्पतीले सञ्चालन गर्दै आएको कुनाल एन्ड मुनाल इन्टरप्राइजेजका तत्कालीन सञ्चालक रामपुकार सहनीको खातामा जम्मा गरिएको थियो। उक्त रकम बराबर सहनी पक्षले बैंकको चेक र ब्याजसमेत दिने प्रलोभन दिएका थिए।

चेक बाउन्स र खाता बन्द रहेको पाइएपछि ठगी पर्दाफास
बैंकबाट कर्जाको रकम स्वीकृत भई खातामा आएपछि पीडितहरू चेक साट्न बैंक पुग्दा ठगीको यो योजना बाहिर आएको हो। चेक काटिदिने व्यक्तिको खाता पहिले नै बन्द भइसकेको र हस्ताक्षर (सिग्नेचर) समेत परिवर्तन गरिएको पाइएको थियो।

जब पीडितहरूले यस विषयमा सहनीसँग सोधखोज गरे, तब उनले आफूमाथि अन्य मुद्दा रहेको बहाना बनाउँदै मुद्दा मिलापत्र गर्न र रकम निकाल्न भन्दै थप ३ लाख र २ लाख गरी पटक-पटक रकम असुल गरेको पीडितहरूको आरोप छ। तर, जब पीडितहरूले आफ्नो सावाँ-ब्याज माग गर्न थाले, तब सहनी दम्पतीले उल्टै झूटा मुद्दामा फसाइदिने र बर्बाद पार्ने भन्दै धाकधम्की दिन थालेका छन्।

कर्मचारी गुप्ताद्वारा गृह मन्त्रालयमा सुरक्षा र न्यायको माग
व्यापारिक तथा व्यक्तिगत विश्वासको फाइदा उठाइ आफूलाई गम्भीर आर्थिक प्रपञ्चमा फसाइएको र केही व्यक्तिहरूले निरन्तर रूपमा जागिर खाइदिने तथा मानमर्दन गर्ने धम्की दिएको भन्दै बैंक कर्मचारी नीरज गुप्ताले न्यायका लागि राज्यका निकायमा गुहार माग्नुभएको छ।

गुप्ताले घटनाको निष्पक्ष छानबिन गरी आफूलाई सुरक्षा प्रदान गर्न माग गर्दै २०८३ साल साउन ७ गते गृह मन्त्रालयमा चलानी नम्बर ६२७ मार्फत औपचारिक पत्र नै दर्ता गराएको खुल्न आएको छ। एक इमानदार बैंक कर्मचारीलाई सुनियोजित ढङ्गले प्रलोभनमा पारी करोडौँको आर्थिक पासोमा पार्ने यस्ता ठगी गिरोहमाथि कडा कानूनी कारबाही हुनुपर्ने पीडित पक्षको जोडदार माग रहेको छ।

Related Posts

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

काठमाडौं, १३ कात्तिक । अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ।…

ByByanjana soni १० घण्टा अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १० घण्टा अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १० घण्टा अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *