• Home
  • ताजा समाचार
  • इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित
Image

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओनर्सलाई १६ रनले पराजित गरेको छ।

१० ओभरको खेलमा टस जितेर सेलिब्रिटी क्रिकेट उत्सवका कप्तान विवेक खतिवडाले पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। निर्धारित १० ओभरमा सेलिब्रिटी टोलीले ९३ रन बनाउँदै टिम ओनर्ससामु ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

सेलिब्रिटी टोलीको इनिङमा र्‍यापर भ्यौमा र दिलीप ओखेडाबीचको ५३ रनको महत्वपूर्ण साझेदारी निर्णायक बन्यो। त्यस्तै, सौगात विष्टले २२ रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोर बनाउन महत्वपूर्ण योगदान दिए।

९४ रनको लक्ष्य पछ्याएको इन्डोर सुपर लिग टिम ओनर्सले भने सेलिब्रिटी टोलीको कसिलो बलिङसामु अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। मोडल पुरुषोत्तम मलिकले २ विकेट लिए भने कलाकार भरत कार्कीले १ विकेट हात पारे।

सौगात विष्ट र दिलीप ओखेडाको अनुशासित बलिङपछि टिम ओनर्सको इनिङ ७७ रनमै सीमित भयो। यससँगै सेलिब्रिटी क्रिकेट उत्सवले १६ रनको शानदार जित हात पार्‍यो।

मैत्रीपूर्ण खेलमा सेलिब्रिटी क्रिकेट उत्सवका सल्लाहकार विक्की कार्की, कलाकार कुमार कट्टेल, टंक तिमिल्सिना, रवि ओड, डाइरेक्टर सुरेश न्यौपाने लगायतका कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। टोलीको संयोजन सेलिब्रिटी क्रिकेट उत्सवका को–फाउन्डर सञ्जीव उपाध्यायले गरेका थिए।

भदौ २२ देखि इन्डोर सुपर लिग सिजन–२

नेपालको पहिलो फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिताका रूपमा परिचित इन्डोर सुपर लिगको दोस्रो संस्करण भदौ २२ देखि २८ गतेसम्म काठमाडौंको गोल्फुटारस्थित भेलोसिटी एरेनामा आयोजना हुँदैछ।

प्रतियोगितामा काठमाडौं कैलाश किंग्स, सुदूरपश्चिम टाइगर्स, पोखरा वारियर्स, माया हेटौंडा रोयल्स, मिक्समाण्डु, बुटवल एम्पायर्स, ललितपुर अलस्टार्स, लुम्बिनी योर्कर्स, जनकपुर किंग्स र विराटनगर बटालियन गरी १० फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको आधिकारिक प्रसारण साझेदार कान्तिपुर टेलिभिजन रहेको आयोजकले जनाएको छ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ दिन अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ५ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *