• Home
  • जिवनशैली
  • Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित
Image

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal 2026 को विशेष कार्यक्रममा सम्मानित भएकी छन्।

फेसन डिजाइन तथा नेपाली मौलिक सिर्जनालाई प्रवर्द्धन गर्दै आएकी चौलागाईं Valentino International College of Fashion & Interior Design की सञ्चालकसमेत हुन्। फेसन शिक्षासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय चौलागाईंले युवा पुस्तालाई सिर्जनशील तथा व्यावसायिक फेसन क्षेत्रमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।

Face of Nepal 2026 मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट आएका निर्णायक तथा फेसन क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा चौलागाईंलाई सम्मान गरिएको हो। कार्यक्रममा उनले फेसन डिजाइन र नेपाली प्रतिभाको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गरिएको बताइएको छ।

चौलागाईं फेसन क्षेत्रसँगै सामाजिक सेवामा पनि सक्रिय छिन्। उनी Lions International Club 325 P Nepal मा समेत आबद्ध रहेर विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहभागी हुँदै आएकी छन्। समाजसेवा, युवा प्रतिभाको प्रोत्साहन र फेसन शिक्षालाई एकसाथ अघि बढाउँदै आएकी चौलागाईंलाई फेसन डिजाइनरका साथै सामाजिक अभियन्ताका रूपमा पनि चिनिन्छ।

यसैबीच, Face of Nepal 2026 मा Valentino International College का विद्यार्थीहरूले तयार पारेका फेसन डिजाइनहरू समेत प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले प्रतियोगीहरूका लागि तयार पारेका आकर्षक डिजाइन रनवेमा प्रस्तुत गरेका थिए।

विद्यार्थीहरूको सिर्जना प्रतिष्ठित फेसन मञ्चमा प्रस्तुत हुनु र कलेजकी सञ्चालक सुकनिता चौलागाईं स्वयं सोही कार्यक्रममा सम्मानित हुनुले Valentino International College का लागि थप गौरवको विषय बनेको छ।

फेसन, शिक्षा र सामाजिक सेवामार्फत नेपाली युवाको प्रतिभालाई अगाडि बढाउने अभियानमा चौलागाईंको सक्रियता निरन्तर रहँदै आएको छ।

Related Posts

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १ हप्ता अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *