काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना गर्ने भएको छ। परिषद्ले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सवअन्तर्गत असोज २५ गते आइतबार घटस्थापनाको दिन भव्य कलश यात्रा आयोजना गरिने आयोजकले जनाएको छ। आयोजकले उक्त कलश यात्रामा सम्पूर्ण श्रद्धालु भक्तजन तथा व्रतालुहरूलाई सहभागी भई धार्मिक उत्सवलाई भव्य बनाउन आग्रह गरेको छ।
नवरात्र अवधिभर व्रत बस्ने भक्तजनहरूका लागि विशेष सेवा तथा आवश्यक सुविधाको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।
पूजा स्थल: बनकाली पार्किङ क्षेत्र, पशुपति गौशाला, काठमाडौं।
श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्को आयोजनामा हुन लागेको महोत्सवमा धार्मिक आस्था, हिन्दू संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
थप जानकारीका लागि सम्पर्क नम्बर: ९८०२०३१५१२













