काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस हेरिटेज इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएकी छन्।
वैश्विक मञ्चमा नेपालको कला, संस्कृति र पहिचानलाई सशक्त रूपमा प्रस्तुत गर्ने लक्ष्यका साथ रेनाताले आफ्नो तयारीलाई तीव्र बनाएकी छन्। प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुँदै उनले देशको मौलिकता र गौरव झल्काउने पूर्ण प्रयास गर्नेमा आयोजक संस्था विश्वस्त रहेको छ।
केहिदिनमा रेनाताको ग्रूमिङ, क्याटवाक, भाषा तथा सांस्कृतिक प्रस्तुतिको विशेष प्रशिक्षण सुरु हुनेछ भने आयोजक संस्थाका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उत्कृष्ट छवि निर्माण गर्नका लागि उनको तयारी अहिले द्रुत गतिमा अघि बढाइएको छ।













