Category: अन्तराष्ट्रिय खबर

अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको भ्लादिमिर पुटिनको आरोप
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ १९ गते अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आरोप लगाएका छन् । पुटिनले अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउनु रहेको र यस टकरावबाट उसले फाइदा उठाइरहेको बताएका हुन् । युरोपमा नेटोको सम्बन्धमा रुसको चिन्तालाई अमेरिकाले अन्देखा गरिरहेको उनको टिप्पणी छ । पछिल्ला केही हप्तादेखि युक्रेनको सङ्कट अन्तर्राष्ट्रिय रुपमा […]

लकडाउनको उल्लङ्घन गरेकोमा बेलायती प्रधानमन्त्री जोनसनले मागे माफी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ १८ गते बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनको उल्लङ्घन गरेर भोजभतेर गरेकोप्रति माफी माग्नुभएको छ ।प्रधानमन्त्री जोनसनले संसदमा सम्बोधन गर्दै आफूबाट गलत काम भएको भन्दै माफी माग्नुभएको बीबीसीले जनाएको छ । लकडाउनका बेला प्रधानमन्त्रीले सरकारी निवास टेन डाउनिङ स्ट्रिटमा मान्छेहरु भेला गरेर भोजभतेर गरेपछि चर्को आलोचना भइरहेको छ […]

रुसलाई आफ्नो सीमा क्षेत्रमा परिचालन गरिएका सैनिक फिर्ता लैजान युक्रेनको आग्रह
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ १७ गते रुसलाई आफ्नो सीमा क्षेत्रमा परिचालन गरिएका सैनिक फिर्ता लैजान युक्रेनले आग्रह गरेको छ।रुसको सेना युक्रेनको सीमामा परिचालन गरिएपछि उसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका अमेरिकालगायत पश्चिमा मुलुकले गरेका छन्। युक्रेनले रुसलाई आफ्नो सेना फिर्ता लैजाँदै निरन्तर वार्ताको माध्यमबाट अहिलेको समस्या समाधानको लागि आग्रह गरेको हो। युक्रेनका विदेशमन्त्री डीमिट्रो कुलेबाले सामाजिक […]

क्यानडामा कोरोना विरुद्धको खोपलाई लिएर भइरहेको विरोध प्रदर्शनले उग्र रुप लिदै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ १७ गते क्यानडामा कोरोना विरुद्धको खोपलाई लिएर भइरहेको विरोध प्रदर्शनले उग्र रुप लिएको छ ।क्यानडा सरकारले सीमा पार गर्ने ट्रकका चालकलाई खोप अनिवार्य गरेपछि त्यसविरुद्ध प्रदर्शन सुरु भएको थियो । प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाबाट अमेरिका जाने ट्रक चालकले अनिवार्य रुपमा खोप लगाउनु पर्ने प्रस्ताव ल्याएपछि सुरु भएको विरोधमा अहिले अन्य माग पनि […]

सीमामा रुसी सेनाको उपस्थितिलाई युद्धको त्रास नफैलाउन पश्चिमा देशहरूलाई युक्रेनी राष्ट्रपतिको अपिल
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ १५ गते युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिलाई लिएर युद्धको त्रास नफैलाउन पश्चिमी देशहरूलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अपिल गरेका छन् ।जुनसुकै बेलामा पनि आक्रमण हुन सक्छजस्ता चेतावनीले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी असर गरिरहेको उनको भनाइ छ ।यसअघि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए । […]

अमेरिकाद्वारा युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको माग अस्वीकार
by YOUTV ४ वर्ष अगाडि

  काठमाडौं । माघ १३ गते अमेरिकाले अ युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको मागलाई अस्वीकार गरेको छ । रसियाले युक्रेनमा अतिक्रमण गर्न सक्ने सम्भावना बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले ​ रसियाको माग अस्वीकार गरेका हुन् । युक्रेन संकट समाधानका लागि आफूले एउटा गम्भीर कूटनीतिक मार्ग प्रदान गरिरहेको र त्यसलाई रसियाले छनौट गर्नुपर्ने उनले बताएका […]

आठ हजारभन्दा धेरै सैनिक उच्च सतर्क अवस्थामा रहेको अमेरिकाको भनाई
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ १० गते अमेरिकाले युक्रेनमाथि रुसले हमला गर्नसक्ने चिन्तामाझ करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको बताएको छ। रुसले भने युक्रेनमाथि हमला गरेर कब्जा गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ।पछिल्ला महिनाहरूमा रुसले युक्रेन नजिक ठूलो सङ्ख्यामा सैनिकहरूको उपस्थिति बढाएपछि त्यहाँ जुनसुकै बेला युद्ध हुनसक्ने […]

क्यामरुमा नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु, आठ जना घाईते
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ १० गते क्यामरुमा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु भएको हो भने आठ जना घाईते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो । पट्काबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो […]

पुटिनले युक्रेनमा मस्को–समर्थक सरकार बनाउन चाहेको बेलायतले लगायो आरोप
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ ९ गते पुटिनले युक्रेनमा वर्तमान सरकारलाई मस्को समर्थक प्रशासनद्वारा विस्थापन गर्न लागिपरेको बेलायत सरकारले बेलायत सरकारले आरोप लगाएको छ । त्यसका लागि युक्रेनका पूर्व सांसद यभनी मुरायेभ सम्भावित त्यसका लागि उमेदवार भएको बेलायत सरकारले बताएको छ ।मुरायभ रुस समर्थक सानो दल ‘नाशी’ का प्रमुख हुन् । हाल सो दलको युक्रेनको संसदमा कुनै […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley