Trending

अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको भ्लादिमिर पुटिनको आरोप

690Views
0 Shares

काठमाडौं । माघ १९ गते
अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आरोप लगाएका छन् । पुटिनले अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउनु रहेको र यस टकरावबाट उसले फाइदा उठाइरहेको बताएका हुन् । युरोपमा नेटोको सम्बन्धमा रुसको चिन्तालाई अमेरिकाले अन्देखा गरिरहेको उनको टिप्पणी छ । पछिल्ला केही हप्तादेखि युक्रेनको सङ्कट अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनिरहेको छ । अमेरिकी र बेलायतलगायत कयौँ युरोपेली मुलुकहरुले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिँदै आइरहेका छन् ।

रुसले भने सो आरोपलाई सुरुदेखि नै खण्डन गर्दै आइरहेको छ ।युक्रेनको सीमामा हाल करिब १ लाख रुसी सैनिक तैनाथ रहेका छन् । यसले गर्दा युद्धको आशंका बढिरहेको छ । यसबीच अमेरिका र केही युरोपेली मुलुकले युक्रेनलाई समर्थन गरिरहेका छन् । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्सीकले रुसविरुद्ध मद्दतका लागि तयार रहेकोमा पश्चिमी राष्ट्रहरूको तारिफ गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय