Trending

Category: गण्डकी प्रदेश

पहिरोले बेसिशहर चामे सडक अवरुद्ध
by YOUTV ११ महिना अगाडि

लमजुङ, ३२ख जेठ ।  बुधबार दिउँसोदेखि परेको वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाको सिम्पानी आँगेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताए।  खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध […]

लमजुङमा जुवातास खेल्दै गरेका सातजना पक्राउ
by YOUTV ११ महिना अगाडि

लमजुङ ३१ जेठ । लमजुङ प्रहरीले दोर्दीबाट ७ जना जुवाडे पक्राउ गरेको छ । दोर्दी गापा–४ नौथर शेरा स्थित ए वान रेष्टुरेन्टबाट मंगलबार १ लाख १ हजार ६ सय २५ रुपैँया नगद सहित ७ जना जुवाडे पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शेरा स्थित पर्शुराम गुरुङको रेष्टुरेन्टमा बेलुकी ५ बजे हारजितको बाजी राख्दै […]

पर्यटन प्रवर्द्धन गर्न राइनासमा साइकल ट्रेल निर्माण
by YOUTV ११ महिना अगाडि

लमजुङ, ३० जेठ । लमजुङको राईनास नगरपालिकाले पर्यटन प्रवर्द्धनका साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरेको छ । राइनास नगरपालिकाको वाड ९ र १० को गौरबको योजना अन्तर्गत स्थानीयको जिबनस्तरलाइ उकास्न पर्यटक लक्षित साइकल ट्रेलको निर्माण गरेको हो ।  वडा नं. ९ र १० लाई जोड्ने गरी निमार्ण गरिएको साइकल ट्रेल तथा पदमार्गको औपचारिक उद्घाटन गरिएको छ । आन्तरिक तथा […]

मर्स्याङ्दी गाउँपालिकामा रैथाने खाद्यान्नमा आधारित विद्यालय दिवा खाजा सञ्चालन
by YOUTV ११ महिना अगाडि

लमजुङ, ३० जेठ । लमजुङको मर्स्याङदी गाउँपालिकाले स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ ।गाउँपालिकाको कृषि शाखाले जैविक विविधता सरंक्षण कार्यक्रमअन्तर्गत रैथाने खाद्यन्नमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो ।  चालु आर्थिक वर्ष ०७९/०८० को सर्सत कार्यक्रम अन्र्तगत जेठ १ गतेबाट पालिकाभित्रका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको कृषि […]

चौतारा संरक्षणमा राइनासका युवा
by YOUTV ११ महिना अगाडि

लमजुङ २४ जेठ । लमजुङको राइनास नगरपालिका वडा नं. ८ मा चौतारा संरक्षण तथा सरसफाई अभियान थालेका छन् । पुर्ख्याैली सम्पदाको रुपमा रहेका पाटी पौवा तथा चौताराहरु लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीय युवाहरु सोको संरक्षणमा जुटेका हुन् ।  पछिल्लो समय विकास र संमृद्धिको नाममा बाटोको छेउ छाउमा पर्ने चौताराहरु मास्ने क्रम बढ्दो रहेको र भएका केहि […]

आजको मौसम: गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भाग बर्षा हुने
by YOUTV ११ महिना अगाडि

काठमाडौं, २४ जेठ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, […]

मनाङमा समानुपातिकमा कांग्रेस पहिलो
by Anusha sijapati १ वर्ष अगाडि

काठमाडौं, ११ मंसिर मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणामअनुसार  संघमा कांग्रेस पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभातर्फ कांग्रेसले दुई हजार चार सय ३० प्राप्त गरेको छ। यस्तै, एमालेले दुई हजार एक सय ९१ मत प्राप्त गरेको छ।   राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ४६ मत प्राप्त गरेको छ । माओवादीले एक सय ३३, जनता समाजवादी पार्टीले आठ, राष्ट्रिय […]

निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई प्रमाणपत्र प्रदान
by Anusha sijapati १ वर्ष अगाडि

काठमाडौं, ९ मंसिर  मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई शुक्रबार  मुख्य निर्वाचन अधिकृतको कर्यालयले प्रमाणपत्र प्रदान गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनालले माला लगाएर प्रमाणपत्र प्रदान गरेका छन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खनालले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुराउने सबै पक्षलाई […]

लमजुङमा अझै सुरु भएन मतगणना
by Anusha sijapati १ वर्ष अगाडि

काठमाडौं, ५ मंसिर एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँकाे मतपेटिका राति अबेर आइपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अब केही समयपछि  मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत नारायण सापकोटाले बताए ।

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley