• Home
  • कर्णाली प्रदेश
  • ‘अनारवति’ले मैथिली लोकसंस्कृतिको परम्परागत पक्षलाई फोक-ईडीएम शैलीमा प्रस्तुत गर्दै संगीतमा नयाँ स्वाद थपेको छ
Image

‘अनारवति’ले मैथिली लोकसंस्कृतिको परम्परागत पक्षलाई फोक-ईडीएम शैलीमा प्रस्तुत गर्दै संगीतमा नयाँ स्वाद थपेको छ

मैथिली लोक गीतको एल्बम “गीत घर के” को एउटा लोकप्रिय गीत ‘अनारवति डोमरी तोर डोम कत गेलौ गे …’ बोलको गीत कुनै बेला खुबै चर्चा कमाएको थियो । गंगा क्यासेटले निर्माण गरेको उक्त गीतलाई पछि निर्माण कम्पनीले जनकपुरधाममा छायांकन समेत गरेको थियो।
मिथिला नाट्यकला परिषद् (मीनाप) का चर्चित कलाकारहरु हाँस्य सम्राट राम नारायण ठाकुर , घनश्याम मिश्र , धीरज ठाकुर , पुनम ढकाल लगायतकाले मुख्य भूमिका निर्वाह गरेका थिए । ह्याण्डी क्यामबाट खिचिएको त्यो गीतको भिडियो क्वालिटी त्यति राम्रो न भएपनि डोमकछको आनरवती भन्ने गीत र त्यसको भिजुअल निक्कै लोकप्रिय भएको स्वयं मुख्य डोमको भुमिका निर्वाह गरेका घनश्याम मिश्रको तर्क छ ।
समयको प्रवाह सँगै अहिले अत्याधुनिक प्रविधिको प्रयोग भई रहेको समयमा त्यो पुरानो अनारवती शब्दको गीतलाई अहिले नयाँ प्रविधिको प्रयोग गरेर कथ्य सहित त्रिकोन इन्टरटेन्मेन्टको ब्यानरमा फरक शैलीमा नयाँ शब्द र संगीत प्रयोग गरेर नव निर्माण गरेको छ । अनारवती गीति भिडियोमा अभिनेत्री काजल कर्ण र नृत्य निर्देशक राजीव समरको अभिनयले संगीत प्रेमीको मन जित्ने प्रधानाध्यापक अनुज मिश्रको विश्वास छ । मुख्यरुपमा मैथिली भाषी संगीत प्रेमी त्यसमा पनि युवा पुस्तालाई यो अनारवती डोमकछले आफूतिर आकर्षित गर्ने मिश्रको दावी छ ।
यो गीतले मैथिली संस्कृतिलाई आधुनिक संगीतसँग जोड्दै नयाँ पुस्तालाई एउटा राम्रो सामग्री पस्किन सफल भएको छ । गीतमा स्वर, संगीत र शब्द युवा संगीतकार सुमित मल्लिकको रहेको छ । भिडियोमा काजल, राजीव सँगै आयुष्मान ठाकुरको अभिनय रहेको छ ।
कथ्य भने जाड रक्सि पिउने, जुवा तास खेल्ने, बानिको कारण श्रीमती ‘अनारवति’ पतिलाई छोडेर माइती गए पछिको संघर्षलाइ देखाइएको छ | भिडियोमा सागर यादवको सिनेमाटोग्राफी , बिबेक सुनारको सम्पादन र रङ संयोजन रहेको छ । निर्देशन र कोरियोग्राफीको जिम्मा राजीव समरले सम्हालेका छन्, जसले भिडियोमा मौलिकता र आधुनिकतालाई कुशलतापूर्वक प्रस्तुत गरेका छन्। उक्त गीतको भिडियो निर्माण काजल सह-निर्माता राहुल कर्ण हुन् ।
‘अनारवति’ले मैथिली लोकसंस्कृतिको परम्परागत पक्षलाई फोक-ईडीएम शैलीमा प्रस्तुत गर्दै संगीतमा नयाँ स्वाद थपेको छ । गीतको मौलिक श्रेय मिनापका पूर्व अध्यक्ष गायक संगीतकार सुनील मल्लिक, संगीतकार प्रवेश मल्लिक, साहित्यकार अशोक दत्त, रश्मी दत्त र आभास लाभलाई दिइएको छ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ५ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *