• Home
  • जिवनशैली
  • निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान
Image

निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान

निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचा

काठमाडौँको चाबहिलबाट सानो मात्रामा व्यवसाय सुरु गरेकी निश्चिका खड्का अहिले नेपालभर आफ्नो निश्ची अचार आपूर्ति गरिरहेकी छिन्। आफ्नै हातले बनाएको अर्गानिक, घरमै तयार गरिएको स्वादिष्ट अचार छोटो समयमै ग्राहकहरूको रोजाइमा पर्न सफल भएको छ।

निश्ची अचारमा चिकन, मटन, भेडा, भैंसी तथा शाकाहारी (Veg) अचारका विभिन्न परिकारहरू उपलब्ध छन्। ग्राहकहरूले अचारको स्वाद मात्र होइन, यसले पाचन प्रक्रियामा मद्दत गर्ने भन्दै यसलाई “जादूमय अचार” समेत भनेका छन्।

सानो परिमाणबाट सुरु गरेको यो उद्यम अहिले नेपालभर अनलाइन आपूर्ति भइरहेको छ। ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले निश्चिकालाई अझै उत्साहित बनाएको छ। उनले अचार व्यवसायलाई अझ व्यवस्थित, ठूलो स्तरको उत्पादन र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य लिएकी छिन्।

उनको सफलताको कथा स्वदेशमै केही नयाँ गर्न चाहने युवाहरूका लागि प्रेरणादायी बन्न पुगेको छ। निश्चिका खड्काले भनेजस्तै, “म उद्यमी भएकामा गर्व लाग्छ, आफ्नै उत्पादनले धेरैलाई खुसी बनाउन पाउँदा अझै प्रेरित हुन्छु।”

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *