Trending

लकडाउनको उल्लङ्घन गरेकोमा बेलायती प्रधानमन्त्री जोनसनले मागे माफी

725Views
0 Shares

काठमाडौं । माघ १८ गते
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनको उल्लङ्घन गरेर भोजभतेर गरेकोप्रति माफी माग्नुभएको छ ।प्रधानमन्त्री जोनसनले संसदमा सम्बोधन गर्दै आफूबाट गलत काम भएको भन्दै माफी माग्नुभएको बीबीसीले जनाएको छ । लकडाउनका बेला प्रधानमन्त्रीले सरकारी निवास टेन डाउनिङ स्ट्रिटमा मान्छेहरु भेला गरेर भोजभतेर गरेपछि चर्को आलोचना भइरहेको छ ।

प्रधानमन्त्री जोनसनले छानबिन रिपोर्टमा उल्लेख भएका कुरा स्वीकार गरेको र संवेदनशीलतालाई आफूले बुझेको भए राम्रो हुने बताएको खबरमा उल्लेख छ ।संसदमा जोनसनले भन्नुभयो, ‘हामी सबैले आफूलाई ऐनामा हेर्नुपर्छ, तर यसको मतलब मेरा क्रियाकलाप सबै नियमभित्रै थिए भन्ने होइन ।’

सम्बोधनका क्रममा जोनसनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट र मन्त्रिपरिषद् भवन सञ्चालनको तरिका बदल्न लागेको र यसले धेरै सुधार ल्याउने पनि बताउनुभएको छ । तर विपक्षी दलले भने प्रधानमन्त्रीले भोजभतेर गरेको विषय लाजमर्दो भएको भन्दै राजीनामा माग गरेका छन् ।लेबर पार्टीका नेता किर स्टार्मरले प्रधानमन्त्रीलाई लाज पचेको मान्छे भन्दै तत्कालै राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय