काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको छ । शनिबार Youth for Truth ले माइतीघर मण्डला मा प्रदर्शन गर्दै उक्त नीति तत्काल खारेज गर्न माग गरेको हो ।
प्रदर्शनकारीहरूले सानो परिमाणमा किनमेल गर्ने सर्वसाधारणलाई समेत असर पर्ने भन्दै यो निर्णय अव्यवहारिक भएको बताएका छन् । उनीहरूले सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा र दैनिक उपभोगका सामान ल्याउने सर्वसाधारणलाई अनावश्यक भार परेको गुनासो गरे ।
युथ फर ट्रुथका प्रतिनिधिहरूले सरकारले जनताको अवस्था बुझेर यस्तो नीति पुनर्विचार गर्नुपर्ने बताए । उनीहरूले सीमा नीतिलाई सरल, व्यवहारिक र सर्वसुलभ बनाउन माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
सरकारले हालसम्म यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन ।
I just discovered this platform and honestly the experience has been super smooth. Withdrawals are quick and the customer support team actually cares about players like us. If you are looking for a reliable spot to place your bets without any hassle this is definitely worth checking out. ngbetway












