Trending

कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक आज

730Views
0 Shares

काठमाडौं । माघ १८ गते
आज कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सोमवार विशेष कारण देखाउँदै हिजो बोलाइएको बैठक स्थगन गरी आज बिहान १० बजेका लागि बोलाएको हो ।बैठक हिजो दिउँसो १० बजे बोलाइएको थियो । माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा ९एमाले०ले बजेट वितरणमा देखिएका समस्या समाधान, पूर्वाधार विशेष कार्यक्रम कार्यविधि संशोधन गर्नुपर्नेलगायत माग गरेको थियो ।

यस विषयमा तीन दल नेकपा एमाले, नेकपा ०माओवादी केन्द्र० र नेपाली कांग्रेसबीचको सहमति जुट्न नसक्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।कर्णालीमा सदनको गतिरोध अन्त्य गर्न र एमालेले बजेटमा देखाएका समस्या समाधानका लागि पूर्व कानुनमन्त्री नरेश भण्डारी संयोजकत्वको तीन सदस्यीय कार्यदल पनि गठन गरिएको छ । जसमा एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाह र नेकपा ९एकीकृत समाजवादी० प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाही सदस्य रहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय