• Home
  • राजनीति
  • आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति
Image

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त गरेकी छिन् ।

बन्चरे डाँडाको फोहोर ब्यवस्थापन समस्याका बारेमा हिजो सिंहदरवारमा भएको छलफल तनावग्रस्त बनेको भोलीपल्ट पनि सांसद तामाङले आक्रोश ब्यक्त गरेकी हुन् ।

मुख्यगरी ललितपुरका मेयर महर्जनले ‘हु द हेल’ भने पछि उनी सामाजिक सञ्जालवाट थप आक्रोशित देखिएकी हुन् । ‘मेयर चिरीबाबाबुले ‘हु द हेल’ रे, फिनिस कम्पनी र नेपाल सरकार बीचको सम्झौताको कारण आफ्नै पालिका भित्रै  फोहोर व्यवस्थापन गर्न हामी (मेयरहरु)ले नसकेका हौं रे, कस्तो अबुझ सांसद यती कुरा पनि नबुझ्ने रे मलाई ?’ उनले लेखेकी छिन, ‘अनि किन फिनिस कम्पनीसँगको सम्झौता फिनिस गर्न तपाईँहरूलाई कुन सरकारले रोकेको थियो त त्यो बेला मेयरहरु लाई ? पहिला त केन्द्रमा, प्रदेशमा, स्थानीयमा तपाईहरुकै सरकार थियो होइन ? फिनल्यान्ड सरकारले बन्चरे डाँडाको लागि दिएको अनुदान (रकम) ग्वाम ग्वाम खाएर मोटाएको तपाईंकै केन्द्रीय सरकार थियो होइन ? त्यतिबेला चाहिँ किन आवाज राख्नुभएन ? बन्चरे डाँडाका फोहोर पीडितहरु रोइरहँदा अनुदानले पेट भरेर हाँसिरहनु भयो होइन ?’

सञ्चारमन्त्री बिक्रम तिमल्सिनाको संयोजकत्वमा भएको हिजोको छलफलमा सांसद तामाङ र काठमाडौंका मेयरहरूका बिचमा गलफत्ती भएको थियो । मुख्यतयाः मेयर महर्जनले आक्रोशित सांसद तामाङको ब्यावहार प्रति असहमति प्रकट गरेका थिए ।

Related Posts

मधेशीको नाममा राजनीति मात्रै? उपेन्द्र यादवको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विक्की यादवले दिए राजी

उपेन्द्र यादवको नेतृत्वमाथि बिदेश्वर यादव ‘विक्की’को प्रश्न : जसपा छाडे, मधेसको मुद्दा होइन! ‘पार्टीभन्दा मुद्दा ठूलो, नेतृत्वभन्दा विचार…

ByByanjana soni ११ घण्टा अगाडि

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

कांग्रेस महाधिवेशनमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको नयाँ…

ByByanjana soni १२ घण्टा अगाडि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न रवि लामिछाने अदालतमा काठमाडौं, २३ असोज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

ByByanjana soni १३ घण्टा अगाडि

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाडौं, २३ असाेज । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत…

ByByanjana soni १३ घण्टा अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *