• Home
  • अन्तर्वार्ता
  • रेनातादेखि दीपा सिटौलासम्म, पाँच प्रतिभाको शिरमा ‘ब्राइडल क्विन २०२६’को ताज
Image

रेनातादेखि दीपा सिटौलासम्म, पाँच प्रतिभाको शिरमा ‘ब्राइडल क्विन २०२६’को ताज

काठमाडौं । नेपाली मौलिकता, संस्कृति, परम्परा र आधुनिक फेसनको अनुपम संगम बनेको ब्राइडल कउचर रनवे २०२६ – संस्करण ३ अन्तर्गत पाँच प्रतिभाशाली महिलाले प्रतिष्ठित ‘ब्राइडल क्विन २०२६’ को उपाधि आफ्नो नाममा लेखाएका छन्।

रेनाता कट्टेल, सलिना निरौला, सृजना भट्ट, बन्दना श्रेष्ठ र दीपा सिटौलाले ‘ब्राइडल क्विन २०२६’को उपाधि हासिल गर्दै आफ्नो प्रतिभा, आत्मविश्वास र व्यक्तित्वको उत्कृष्ट परिचय दिएका हुन्।

भक्तपुरको राधे–राधेस्थित हेरिटेज प्यालेसमा भदौ ६ गते भव्य रूपमा सम्पन्न समारोहमा पाँचै विजेतालाई सम्मानपूर्वक उपाधि प्रदान गरिएको थियो। कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सी.के.) राउत प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

नेपालको भाषा, संस्कृति, मौलिकता र राष्ट्रिय पहिचानलाई विशेष प्राथमिकता दिइएको यस कार्यक्रमको सुरुवात गंगा आरतीबाट गरिएको थियो। धार्मिक तथा आध्यात्मिक वातावरणसँगै प्रस्तुत गरिएको भव्य ब्राइडल फेसन शो, आकर्षक रनवे प्रस्तुति र आधुनिक कउचर डिजाइनले कार्यक्रमलाई थप ऐतिहासिक र अविस्मरणीय बनाएको थियो।

कार्यक्रमका बारेमा जानकारी दिँदै शाह स्टुडियो एन्ड कम्पनीका प्रमुख प्रबन्ध निर्देशक मोनु शाहले नेपाली मौलिक संस्कृति, परम्परा र आधुनिक फेसनबीचको सम्बन्धलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले ‘ब्राइडल कउचर रनवे’ आयोजना गरिएको बताए। उनले फेसन केवल पहिरनको प्रस्तुति नभई संस्कृति, पहिचान र आत्मविश्वासको सशक्त अभिव्यक्ति भएको उल्लेख गरे।

‘ब्राइडल क्विन २०२६’*को उपाधि जित्ने रेनाता कट्टेल, सलिना निरौला, सृजना भट्ट, बन्दना श्रेष्ठ र दीपा सिटौलालाई हार्दिक बधाई तथा उनीहरूको उज्ज्वल, सफल र गौरवमय भविष्यका लागि शुभकामना।

Related Posts

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ दिन अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ? हामी व्यग्र प्रतीक्षामा छौँ”- हर्क साम्पाङ !

“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ हामी व्यग्र प्रतीक्षामा छौँ”हर्क साम्पाङ ! संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संसद्…

ByBySulav Rijal २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *