• Home
  • जिवनशैली
  • बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग
Image

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग पुर्‍याउन नासा सेक्युरिटिजले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

रसुवा, नुवाकोट, धादिङ तथा भोटेकोशी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको जनाएको छ।

विपद्का कारण संकटमा परेका नागरिकहरूको खोज तथा उद्धारसँगै तत्काल राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ५० लाख रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको हो।

नासा सेक्युरिटिजले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कम्पनीले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्यका लागि समेत आग्रह गरेको जनाएको छ।

Related Posts

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni १ दिन अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ दिन अगाडि

काठमाडौंमा डेरामा बस्ने २५० विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरणऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार शाहको संयुक्त पहल

काठमाडौं । काठमाडौं उपत्यकामा डेरामा बस्दै स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका लोपोन्मुख आदिवासी जनजाति तथा दलित…

ByByanjana soni ३ दिन अगाडि

मधेशीको नाममा राजनीति मात्रै? उपेन्द्र यादवको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विक्की यादवले दिए राजी

उपेन्द्र यादवको नेतृत्वमाथि बिदेश्वर यादव ‘विक्की’को प्रश्न : जसपा छाडे, मधेसको मुद्दा होइन! ‘पार्टीभन्दा मुद्दा ठूलो, नेतृत्वभन्दा विचार…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *