पुटिनले युक्रेनमा मस्को–समर्थक सरकार बनाउन चाहेको बेलायतले लगायो आरोप

655Views
0 Shares

काठमाडौं । माघ ९ गते
पुटिनले युक्रेनमा वर्तमान सरकारलाई मस्को समर्थक प्रशासनद्वारा विस्थापन गर्न लागिपरेको बेलायत सरकारले बेलायत सरकारले आरोप लगाएको छ । त्यसका लागि युक्रेनका पूर्व सांसद यभनी मुरायेभ सम्भावित त्यसका लागि उमेदवार भएको बेलायत सरकारले बताएको छ ।मुरायभ रुस समर्थक सानो दल ‘नाशी’ का प्रमुख हुन् ।

हाल सो दलको युक्रेनको संसदमा कुनै उपस्थिति छैन । बेलायतको विदेश मन्त्रालयले रुसी गुप्तचर निकायसँग जोडिएको भनी अरु थुप्रै युक्रेनी राजनीतिकर्मीको नाम उल्लेख गरेको छ । तर, युक्रेनमा सरकार परिवर्तन गर्न रुसले कुन माध्यम प्रयोग गर्छ भन्नेमा स्पष्ट छैन ।बेलायत सरकारले गुप्तचर मूल्याङ्कनको आधारमा यस्तो दाबी गरेको हो ।

यसको पछाडि उसले कुनै प्रमाण पेश गरेको छैन । यसैबीच, मस्कोले बेलायतको विदेश मन्त्रालयलाई उत्तेजना फैलाउने कार्य बन्द गर्न आग्रह गरेको छ । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बेलायतको विदेश मन्त्रालयले फैलाएको भ्रामक सूचना एङ्लो–स्याक्सनले नेतृत्व गरेको नेटो देशहरू युक्रेन पेरिफेरिमा तनाव बढाउन चाहन्छन् भन्ने अर्को प्रमाण भएको बताएको छ । युक्रेनको मामिलामा रुस र पश्चिमा देशबीच तनाव बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय