लमजुङ, ११ असोज दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन्। आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपरदोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई […]
काठमाडौं, २३ भदौ पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलमा रहेको महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगरका मेयर धनराज आचार्य, वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय […]
लमजुङ १३ भदौ । सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहिन बन्दै गएको छ । अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको त्यसतर्फ ध्यान जान छाडेको हो । हुलाकमार्फत चिठी आदानप्रदान गर्नेको संख्या बर्सेनि क्रमशः घट्दै गएको छ । […]
लमजुङ, १३ भदौ लमजुङकाे राइनास नगरपालिका–८, हर्राबोटकी २६ वर्षीया गोमा जिनी नेपाली आफ्नै कृषि फर्ममा काम गर्नमै व्यस्त छिन् । उनी त्रिचन्द्र कलेज काठमाडौँमा वातावरण विज्ञान विषय पढ्दैछिन् । पढे–लेखेपछि राम्रो जागिरको खोजीमा भौतारिने युवाको कमी छैन । सुखद भविष्यको कल्पना गर्दै विदेश भासिने युवा पनि उत्तिक्कै छन् । तर गोमा काठमाडौँमा पढेर गाउँमै फर्की […]
लमजुङ, १३ भदौ प्रहरीले बैंकिङ कसूर गरी वैदेशिक रोजगारी गएका एक युवालाई पक्राउ गरेको छ । बेसीसहर नगरपालिका-७ बस्ने २९ वर्षीय नवराज रिमाल पक्राउ परेका हुन्। विभिन्न बैंकिङ कसूर मुद्दामा लगत कायम भई १७ दिन कैद र १५ लाख ८० हजार भएका रिमाल विदेशबाट आएर लुकिछिपी बस्दै आएको र प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका […]
लमजुङ ७ साउन लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ । लमजुङमा मात्रै नभईकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रुपले बसोबास गराउन लालपूर्जा दिन लागेको हो । गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेसिशहर नगरपालिका भित्र सुन्दरबजार नगरपालिका, राइनस नगरपालिका रहेका छन् भने […]
जुम्ला, ६ भदौ हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सर्वसाधारणलाई यातायात सुविधाकाे समेत व्यवस्था गर्न थालेकाे छ । सुरक्षा भत्ता बुझ्न जान र आउन सहज हाेस् भनेर उनीहरूलाई यातायतको सुबिधा दिन थालेकाे हाे । यहाँबाट बैंकसम्म जान एक दिन लाग्ने भएकाले वडा कार्यालयले नै यातायात सुविधा दिएको वडाध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने, ‘प्रत्येक पटक सामाजिक सुरक्षाभत्ता बुझ्न […]
काठमाडौं, २४ साउन लमजुङका नागरिक समाजका अगुवाहरूले गण्डकी प्रदेश सरकाले जिल्ला अस्पताल खारेज गर्ने भनी गरेको निर्णय अपरिपक्व र राजनीतिक अभिष्ट पूरा गर्न मात्र रहेको भन्दै आन्दोलनमा उत्रिएका छन् । अगुवाहरूले मंगलबार बेंसीसहरको भीमसेनस्थान चोकमा पत्रकार सम्मेलन गर्दै गण्डकी प्रदेश सरकारले गरेको निर्णयलाई आफूहरुले स्वास्थ्य सेवाको हत्याराको रूपमा लिएको बताएका छन् । उनीहरुले आइतबार मात्रै जिल्ला प्रशासन कार्यालयमार्फत […]
काठमाडौँ, २ असार लमजुङ सदरमुकाम बेँसीसहर नगरपालिकालाई तीन वर्षमा बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ । यसका लागि बालमैत्री स्थानीय सासन प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवाहरूले हस्ताक्षरसहित प्रतिबद्धता जनाएका हुन् । नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । उनले अबको तीन बर्षमा […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley