Image

मनाङमा समानुपातिकमा कांग्रेस पहिलो

काठमाडौं, ११ मंसिर

मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणामअनुसार  संघमा कांग्रेस पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभातर्फ कांग्रेसले दुई हजार चार सय ३० प्राप्त गरेको छ। यस्तै, एमालेले दुई हजार एक सय ९१ मत प्राप्त गरेको छ।  

राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ४६ मत प्राप्त गरेको छ । माओवादीले एक सय ३३, जनता समाजवादी पार्टीले आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६, राष्ट्रिय जनमोर्चाले दुई, मजदुर किसान पार्टीले चार, एकीकृत समाजवादी पार्टीले १७, जनमत पार्टीले तीन, हाम्रो नेपाली पार्टीले चार, पुनर्जागरण पार्टी नेपालले एक, नागरिक उन्मुक्ति पार्टीले ५७, मङ्गोल नेशनल अर्गनाइजेनशनले चार, नेपाल जनता पार्टीले दुई मत प्राप्त गरेको छ। 

सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीको एकल चिह्न गितारमा १०, आमूल परिवर्तन मसिहा पार्टीले एक भोट ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा समानुपातितर्फ एमाले पहिलो पार्टी बनेको छ । एमालेले दुई हजार एक सय ६२ मत पाएको छ। कांग्रेसले एक हजार ६ सय ५०, माओवादीले नाै सय चार मत पाएको छ। 

जसपाले ६, राप्रपाले ६३, नेकपा एकीकृत समाजवादीले १२, नागरिक उन्मुक्ति पार्टी १३, नेकपा (माले) २१, मङ्गोल नेशनल अर्गनाइजेशनले आठ, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक, एकल चिह्न गितारले ११ भोट र एकल चिह्न ‘आमाले बच्चा समाएको’ ले एक भोट ल्याएको छ ।


Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ४ हप्ता अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *