Trending

निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई प्रमाणपत्र प्रदान

560Views
0 Shares

काठमाडौं, ९ मंसिर 

मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई शुक्रबार  मुख्य निर्वाचन अधिकृतको कर्यालयले प्रमाणपत्र प्रदान गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा बीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनालले माला लगाएर प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खनालले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुराउने सबै पक्षलाई धन्यवादसमेत दिए । 

कार्यक्रममा प्रतिनिधि सभामा निर्वाचत हुने नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सत्तारुढ  गठबन्धनको तर्फबाट प्रदेश सभा क मा निर्वाचित हुने डा. टकराज गुरुङ र प्रदेश सभा ख मा निर्वाचित हुने भेषबहादुर पौडेललाई बधाई सहित निर्वाचत भएको प्रमाणपत्र प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
24°
Clear
5:39 am6:51 pm +0545
Feels like: 24°C
Wind: 6km/h NNW
Humidity: 36%
Pressure: 1004.4mbar
UV index: 0
4 am5 am6 am7 am8 am
23°C
23°C
24°C
27°C
31°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय