Image

चौतारा संरक्षणमा राइनासका युवा

लमजुङ २४ जेठ । लमजुङको राइनास नगरपालिका वडा नं. ८ मा चौतारा संरक्षण तथा सरसफाई अभियान थालेका छन् । पुर्ख्याैली सम्पदाको रुपमा रहेका पाटी पौवा तथा चौताराहरु लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीय युवाहरु सोको संरक्षणमा जुटेका हुन् । 

पछिल्लो समय विकास र संमृद्धिको नाममा बाटोको छेउ छाउमा पर्ने चौताराहरु मास्ने क्रम बढ्दो रहेको र भएका केहि चौतारा पनि जीर्ण अवस्थामा रहेकाले अभियान नै सञ्चालन गरी चौतारा संरक्षण तथा सरसफाईमा युवाहरु जुटेको राइनास ८ का स्थानीय युवा प्रकाश श्रेष्ठले बताए । 

वडाका करिब २० जना युवाहरुको सक्रियतामा अभियान सुरु गरिएको हो । युवाहरूले चौतारा वरिपरीको झाडी फाड्ने, भत्किएको भएमा सोको मर्मत गर्ने गर्दछन् ।  अभियानमा तार्कुघाट प्रहरी चौकीका इञ्जार्ज तथा सुरक्षाकर्मीहरुले पनि साथ र सहयोग गरेको स्थानीय युवाहरुले बताएका छन् । युवाहरुले सम्पदा संरक्षणको यस अभियानमा सवैले साथ र सहयोग गर्न सामाजिक सञ्जाल मार्फत आव्हान समेत गरेका छन् । 

वातावरण एवम् पर्यावरणको सुन्दरतालाई कायम राख्न र शितल छहारीका लागि पनि चौतारा आवश्यक पर्ने भएकाले युवाहरुले सुरु गरेको अभियानमा सबैले हातेमालो गर्नपर्ने स्थानीय पूर्व शिक्षक चिज कुमार श्रेष्ठ बताउछन्  । 

यहि महिनाबाट सुरु भएको अभियान अन्र्तगत हालसम्म वडाभित्र विभिन्न टोलमा रहेका करिव १५ वटा चौतारा सरसफाई गरिएको प्रकाश श्रेष्ठले जानकारी दिए । कतिपय चौतारा जिर्ण अवस्थामा रहेकाले सोको मर्मत गर्नपर्ने युवाहरुले वताएका छन् ।

अभियानको सुरुमा वडाभित्रका सवै चौतारा र वरिपरी सरसफाई गरिने भएको छ । विभिन्न स्थानमा रहेका चौतारो लागि सम्वन्धीत टोलका स्थानीयहरुले संरक्षण जिम्मा लिनपर्ने भएपनि स्थानीयले खासै ध्यान नदिँदा जीर्ण अवस्थामा पुगेको युवाहरुको भनाई छ । 

Related Posts

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

लोकतान्त्रिक महिला संघले समानुपातिक उम्मेदवार सिफारिस गरेको छ

  संघको केन्द्रीय कार्यालय, बबरमहल काठमाडौँबाट जारी पत्र अनुसार आगामी २०८२ माघ २९ मा हुने प्रतिनिधि सभाको निर्वाचनका…

ByByYOUTV Nepal ७ महिना अगाडि

रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगे

  बुटवल,  मंसिर । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ जारी रुपन्देही डान्स…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *