Trending

चौतारा संरक्षणमा राइनासका युवा

300Views
0 Shares

लमजुङ २४ जेठ । लमजुङको राइनास नगरपालिका वडा नं. ८ मा चौतारा संरक्षण तथा सरसफाई अभियान थालेका छन् । पुर्ख्याैली सम्पदाको रुपमा रहेका पाटी पौवा तथा चौताराहरु लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीय युवाहरु सोको संरक्षणमा जुटेका हुन् । 

पछिल्लो समय विकास र संमृद्धिको नाममा बाटोको छेउ छाउमा पर्ने चौताराहरु मास्ने क्रम बढ्दो रहेको र भएका केहि चौतारा पनि जीर्ण अवस्थामा रहेकाले अभियान नै सञ्चालन गरी चौतारा संरक्षण तथा सरसफाईमा युवाहरु जुटेको राइनास ८ का स्थानीय युवा प्रकाश श्रेष्ठले बताए । 

वडाका करिब २० जना युवाहरुको सक्रियतामा अभियान सुरु गरिएको हो । युवाहरूले चौतारा वरिपरीको झाडी फाड्ने, भत्किएको भएमा सोको मर्मत गर्ने गर्दछन् ।  अभियानमा तार्कुघाट प्रहरी चौकीका इञ्जार्ज तथा सुरक्षाकर्मीहरुले पनि साथ र सहयोग गरेको स्थानीय युवाहरुले बताएका छन् । युवाहरुले सम्पदा संरक्षणको यस अभियानमा सवैले साथ र सहयोग गर्न सामाजिक सञ्जाल मार्फत आव्हान समेत गरेका छन् । 

वातावरण एवम् पर्यावरणको सुन्दरतालाई कायम राख्न र शितल छहारीका लागि पनि चौतारा आवश्यक पर्ने भएकाले युवाहरुले सुरु गरेको अभियानमा सबैले हातेमालो गर्नपर्ने स्थानीय पूर्व शिक्षक चिज कुमार श्रेष्ठ बताउछन्  । 

यहि महिनाबाट सुरु भएको अभियान अन्र्तगत हालसम्म वडाभित्र विभिन्न टोलमा रहेका करिव १५ वटा चौतारा सरसफाई गरिएको प्रकाश श्रेष्ठले जानकारी दिए । कतिपय चौतारा जिर्ण अवस्थामा रहेकाले सोको मर्मत गर्नपर्ने युवाहरुले वताएका छन् ।

अभियानको सुरुमा वडाभित्रका सवै चौतारा र वरिपरी सरसफाई गरिने भएको छ । विभिन्न स्थानमा रहेका चौतारो लागि सम्वन्धीत टोलका स्थानीयहरुले संरक्षण जिम्मा लिनपर्ने भएपनि स्थानीयले खासै ध्यान नदिँदा जीर्ण अवस्थामा पुगेको युवाहरुको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
24°
Clear
5:39 am6:51 pm +0545
Feels like: 24°C
Wind: 6km/h NNW
Humidity: 38%
Pressure: 1004.4mbar
UV index: 0
5 am6 am7 am8 am9 am
23°C
24°C
27°C
31°C
34°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
39°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय