Trending

प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्नुका अनेक कारण देखाए पनि भित्री कारण नेपालमा हुन लागेको लगानी सम्मेलन र यसमा चिनियाँ व्यापारीको निहित स्वार्थ – कर्ण

2.8kViews
7 Shares

 

नेपालको राजनीतिमा विदेशीले यसरी पार्टी नै बनाइदिएको पहिलो घटना थियो। त्यसको स्पष्ट प्रमाण तत्कालीन चिनियाँ राजदूत यान्छीका गतिविधि र अभिव्यक्ति हुन्। चिनियाँको चासो रहे पनि कम्युनिस्ट पार्टी टिक्न सकेन। कम्युनिस्ट खोल ओढेका पुँजीवादी प्रचण्ड र ओलीबीच एकता गराएर चिनियाँ राजदूतले गरेको नेताहरूको घरदैलो कूटनीतिका सामान्य सिद्धान्तविपरीत थियो।

चिनियाँले नबुझेको कुरा के थियो भने नेपालका कम्युनिस्ट नेताहरू सत्ताका लागि जोसुकैसँग सम्झौता गर्न सक्छन्। नेपालका वामपन्थी दलका नेता पैसा र शक्तिको गुलाम हुन्छन् भन्ने बुझ्न नसक्दा चिनियाँहरू असफल भए। त्यही असफलताले ओली र प्रचण्डबीच फाटो बढ्दै गयो। ओलीको गुनासो थियो- काम गर्न दिएनन्। प्रचण्ड भन्थे- पेलानमा पारेर हामीलाई सक्न खोजे।

ओली र प्रचण्डबीचको टकरावको उपज संसद् विघटन भयो। प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको सिफारिस राष्ट्रपतिद्वारा अनुमोदन भयो। असंवैधानिक कदम भन्दै अन्य राजनीतिक दलहरू सर्वोच्च गुहार्न पुगे। सर्वोच्चले संसद् पुनःस्थापित गरिदियो। ओलीले ३० दिनभित्र विश्ववासको मत लिनुपर्ने भयो।

सर्वोच्चकै आदेशले नेकपा पनि पूर्ववत् अवस्था (एमाले र माओवादी केन्द्र) मा फर्कियो। उथलपुथलका नायक ‘प्रचण्ड’ ले ‘दिउँसै रात पारेको’ अभिव्यक्ति दिए। नेकपालाई नै उपयोग गरी प्रधानमन्त्री बन्ने प्रचण्डको योजना पूरा हुन पाएन।

बूढानीलकण्ठस्थित निवासमा मस्त रमाइरहेका कांग्रेस सभापति देउवाको राजनीतिक बजारभाउ रातारात बढेर गयो। संसद्‌मा ६३ सिट भएको कांग्रेस सभापति देउवाको घरमा प्रचण्ड ,माधव नेपाल र उपेन्द्र यादव जम्मा हुन थाले। संविधानरक्षाका लागि नेपाली कांग्रेस अग्रसर हुनुपर्ने उनीहरूको माग थियो। सर्वोच्च अदालतको परमादेशबाट सभापति देउवा प्रधानमन्त्री नियुक्त भए। एमाले पनि माधव नेपालको नेतृत्वमा विभाजनका लागि तयार भइसकेको थियो।

प्रचण्डकै डिजाइनमा संविधानरक्षाको भाष्य रचना गर्दै पाँच दलीय गठबन्धन निर्माण भएको थियो। उनले देउवाको काँधमा बन्दुक राखेर ओलीका प्रत्येक रणनीति असफल बनाउन कांग्रेसलाई प्रयोग गरे। २०७९ सालमा स्थानीय, प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन बनाएर चुनाव लड्ने प्रस्ताव गरे। लगभग समाप्त हुन लागेको पार्टी माओवादीले नेपाली कांग्रेसकै मद्दतमा पुनर्जीवन पायो। संघमा प्रत्यक्ष र समानुपातिक गरी ३२ सिट जित्न सफल भयो।

त्यही ३२ सिट जितेका पार्टीका नेता प्रचण्डले दुई ठुला दल कांग्रेस र एमालेलाई मात खुवाउँदै २०७९ पुस १० गते प्रधानमन्त्रीमा दाबी गरिदिए। संसद्को सबैभन्दा ठूला दल कांग्रेसले पनि प्रधानमन्त्री दाबी गरेको थियो। संविधान रक्षाको भाष्य निर्माण गरेर बनेको गठबन्धन प्रधानमन्त्रीको कुर्सीमै निहित रहेको जगजाहेर भयो। प्रचण्डको यात्रा फेरि ओली निवास बालकोटतर्फ सोझियो। जुन निवासलाई ओली प्रतिगामी शक्तिको निवास भनेर चित्रण गर्थे। प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बने। उनले फेरि उथलपुथल ल्याइसकेका थिए। कांग्रेस संसद्को ठूलो दल भएर पनि आत्मग्लानि र आत्मनिन्दामा डुबेको थियो।

प्रचण्डलाई पुनः आफ्नो कित्तामा ल्याउन कांग्रेस नेताहरूलाई कडा मेहनत गर्नुपरेको थियो। त्यो मेहनतले राष्ट्रपति निर्वाचनमा रङ ल्यायो। प्रचण्डले दुई महिनामै एमालेलाई ‘लात हानेर’ गठबन्धन भत्काउँदै कांग्रेस नेतृत्वको पुरानो गठबन्धनलाई ब्युँत्याएका थिए। चिनियाँ उपमन्त्रीको दौडले पनि वाम गठबन्धनको संकेत गरिरहेको थियो। चिनियाँ कम्युनिस्ट पार्टीका टोलीले प्रचण्डमाथि कम्युनिस्ट एकताको दबाब दिइरहेको जगजाहेर छ। चिनियाँ राजदूतको नेपालमा चलखेल कसैसँग लुकेको छैन।

नेपालमा पुनः ओली र प्रचण्डको मिलन गराएर केही शक्ति केन्द्र चियर्स गर्दै होलान्। प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्नुका अनेक कारण देखाए पनि भित्री काकांग्रेनेपालमा हुन लागेको लगानी सम्मेलन र यसमा चिनियाँ व्यापारीको निहित स्वार्थ हुन्। प्रचण्ड र ओली आलोपालो गरी प्रधानमन्त्री बनेर मुलुक चलाउने योजना बुन्दैछन्। बीआरआईको ऋणमार्फत देशलाई श्रीलंका बनाउने सपना देखिरहेका छन् उनीहरू। यो निश्चित छ, नेपाली जनता गठबन्धनको सरकारविरुद्ध सडकमा उत्रनेछन्। मुलुकको बृहत्तर हितमा लोकतान्त्रिक शक्ति एक हुनेछ।

हिंसात्मक विद्रोहका बेला प्रचण्ड तत्कालीन दरबारलाई टाउको ठान्थे। अन्य शक्तिलाई ढाडका रूपमा उपयोग गर्ने रणनीति उनको हुन्थ्यो। अहिले दरबार छैन। कांग्रेस–एमाले जस्ता राजनीतिक शक्ति छन्। दुई राजनीति शक्तिमध्ये कांग्रेस-एमालेलाई प्रचण्ड बिरालोले मुसो खेलाएजसरी खेलाउँदैछन्। सकेसम्म उनी यसरी नै खेलाउन चाहन्छन्। अन्यथा हिंसाको भाषामार्फत नागरिकलाई तर्साइरहन्छन्। देशको कार्यकारी पदको कुर्सीमा बसेर पनि विद्रोही नेताजसरी लात्ताले हान्ने कुरा गर्छन्। आफू नमर्दासम्म देशमा उथलपुथल ल्याइरहने अभिव्यक्ति दिन्छन्। लात्ताले हान्ने अभिव्यक्तिबाट मुक्त पाउन र उथलपुथलबाट बच्न जतिसक्दो छिटो प्रचण्ड नेतृत्वको सरकार बहिर्गमन हुनैपर्छ। देशलाई कंगाल हुनबाट जोगाउन पनि प्रचण्ड सत्ताबाट नागरिकले चाँडै मुक्ति पाउनुपर्छ।

Source :- H.p.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
33°
Fair
5:39 am6:51 pm +0545
Feels like: 33°C
Wind: 3km/h SSW
Humidity: 30%
Pressure: 1005.76mbar
UV index: 7
11 am12 pm1 pm2 pm3 pm
38°C
39°C
41°C
41°C
41°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय