Trending

अमेरिकाको १२ सहरमा गुन्जिँदै अस्मिता र हर्कुलस

290Views
0 Shares

अमेरिकाको १२ सहरमा गुन्जिँदै अस्मिता र हर्कुल

अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो ।

ड्यालस, एक्रोन ओहायो , बोस्टन, न्यु योर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा हर्कुलस र अस्मिताले दर्शक नचाउने भएका हुन् । अक्टोबर २१ बाट सुरु हुने उक्त कार्यक्रम नोभेम्बर २५ मा सम्पन्न हुनेछ ।

लीभ एट प्रीजेन्टले आयोजना गरेको कार्यक्रमको नाम भने फर्स्ट यु.एस.ए म्युजिकल यात्रा राखिएको छ । कार्यक्रममा फुजोन इन्टरनेशनल , कोसेली इभेन्ट्स र प्लानेट ३ फिल्म्सको पनि सहकार्य रहेको छ । कार्यक्रमको लागी आफूहरू निकै उत्साहित रहेको हर्कुलस र अस्मिताले बताएका छन् । अमेरिकामा रहेका नेपाली दाजु भाइ र दिदी बहिनीसँग यस पटकको दसैँ सङ्गीतमय रहने भएकाले पनि आफूहरू एकदमै उत्साहित रहेको उनीहरूको भनाइ छ ।

हर्कुलसका ‘के यो माया हो’ , ‘माया संसार’ , ‘हिजो भन्दा आज’ लगायत गीतहरू चर्चित छन् । यसै गरी अस्मिता पछिल्लो समय निकै चर्चा र स्टेज कार्यक्रममा माग भएकी गायिका हुन् । युवा पुस्ता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल अस्मिताले चलचित्र पार्श्व गायनमा पनि आफूलाई स्थापित गरिरहेकी छिन् । उनको पछिल्लो गीतहरू ‘परेली झिम झिम भो’ , ‘काले केटाले’ चर्चित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
30°
Sunny
5:39 am6:51 pm +0545
Feels like: 30°C
Wind: 5km/h NW
Humidity: 29%
Pressure: 1006.1mbar
UV index: 3
9 am10 am11 am12 pm1 pm
34°C
37°C
39°C
40°C
41°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय