• Home
  • समाचार
  • दयाहाङ र मिरुनाको फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक
Image

दयाहाङ र मिरुनाको फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक

काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको फिल्म ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सार्बजनिक पोस्टरले फिल्म ग्रामीण परिवेशमा बनेको बुझ्न सकिन्छ । पोष्टरमा दयाहाङ र मिरुनासहित शिशिर वाङ्गदेल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आलेलाई समेत फिचर गरिएको छ ।

पूर्वी रुकुमको तकसेरा क्षेत्रमा छायांकन भएको ‘घरज्वाइँ’मा निर्देशक अनिल मगरकै कथा छ भने पटकथा तथा संवाद लेखन विनोद खतिवडा र सुभाष कोइरालाले गरेका छन् ।

जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनले मिलेर निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, सुनिल मगर, विवेश बुढा मगर, विना थापा मगर, सोनाम लामा लगायतको पनि अभिनय छ ।

आगामी असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । नेपालमा भने आरआर फिल्म्सले ‘घरज्वाइँ’को वितरण गर्नेछ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *