• Home
  • समाचार
  • निमोनियाबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने ?
Image

निमोनियाबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने ?

काठमाडौं । जाडो मौसम स्वास्थ्यको दृष्टिकोणले बालबालिका र वृद्धवृद्धाका लागि निकै जोखिमपूर्ण हुन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिका र जेष्ठ नागरिकलाई यो मौसममा फोक्सोको संक्रमणका कारण निमोनियाको जोखिम हुन्छ ।  निमोनियासँगै श्वासप्रश्वाससम्बन्धी अन्य रोगले पनि शरीरमा चाँडै आक्रमण गर्छ । यस्तो अवस्थामा बर्सेनि जाडोयाममा अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामीको चाप बढेको हुन्छ ।

यस्ता हुन्छन् निमोनियाका लक्षण 
निमोनिया फोक्सोको गम्भीर संक्रमण हो, जसको सिकार साना बालबालिका, कमजोर व्यक्ति र वृद्धवृद्धा हुने गरेको स्वास्थ्य विज्ञहरू बताउँछन् । भाइरसका कारण फोक्सो सुन्निने र फोक्सोमा पानी भरिएपछि निमोनियाको संक्रमण हुन्छ । यसको मुख्य लक्षणमा ज्वरो, खोकी र थकान समावेश छ । बिरामीलाई खोकी लाग्छ । ज्वरोसँगै पसिना आउने र काम्ने लक्षण देखिन्छ । सास फेर्न गाह्रो हुन्छ । सास फेर्दा घ्यारघ्यारको आवाज आउँछ । छाती दुख्छ, भोक कम हुन्छ वा खानामा अरुचि हुन्छ । निमोनियाबाट पीडित बालबालिकाको ओठ र नङको रङ नीलो देखिन थाल्छ । प्रतिरक्षा प्रणाली कमजोर भएकाले बालबालिकासँगै वृद्धवृद्धालाई पनि निमोनियाको बढी जोखिम हुन्छ । विशेषगरी मधुमेह र उच्च रक्तचापबाट पीडित वृद्धवृद्धाले यो मौसममा निमोनियाबाट बच्न बढी व्यायाम गर्नुपर्छ ।

बच्ने उपायहरू 
रोग लागेर उपचार गराउने अवस्थामा पुग्नुभन्दा रोकथाम नै राम्रो हुन्छ । यस्तो अवस्थामा बालबालिका र वृद्धवृद्धालाई निमोनियाबाट जोगाउन धेरै प्रभावकारी उपाय अपनाउन सकिने स्वास्थ्य विज्ञहरू बताउँछन् । चिसोबाट जोगिन न्यानो कपडा लगाउनुपर्छ । विहान विहान व्यायायका लागि निस्कने तालिका बनाएकाहरुले घाम लागेपछि मात्रै निस्कनु हितकर हुन्छ । यदि बच्चालाई एन्टिबायोटिक दिइँदै छ भने, पूर्ण रुपमा मात्रा मिलाएर चिकित्सकले भनेको दिनसम्म खुवाउनु पर्छ । बच्चाको वरिपरि सरसफाइमा पूर्ण ध्यान दिनुहोस् । बच्चालाई निमोनियाविरुद्धको खोप लगाउन पनि सकिन्छ ।
यदि बच्चालाई चिसो लागेको छ भने उसको छातीमा भिक्स लगाएर सुताउने र केही समय घाममा पनि राख्ने गर्नु पर्छ । यसले बच्चाको शरीरमा न्यानोपन प्रदान गर्दछ । साना बच्चाहरूले पिसाब गर्दा, तिनीहरूलाई लामो समयसम्म भिजाउनुको सट्टा समय समयमा जाँच गरिरहनुहोस् । बच्चालाई डाइपर लगाएर राख्नुहोस् ताकि उसको शरीर सुक्खा राख्न सकियोस् ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *