Trending

चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर

235Views
0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् ।

 

कलात्मक पिट्टलको छाना राखेर यहाँं सुन्दर गणेशको मन्दिर बनाइएको हो । मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार पहिला मन्दिर सामान्य रुपमा मात्रै बनाउने योजना थियो । योजना अनुसार पाँंच हजार भन्दा माथि चन्दा दिनेहरुको नाम शिलापत्रमा लेखिने योजना थियो । तर पछि चन्दा दिनेहरुको लहर नै चले पछि सामान्य मात्रै नभई कलात्मक मन्दिर बनाइएको मचामसीले जानकारी गराए । त्यसकारण यहाँं अहिले साधारण मन्दिरको साटो जीवन्त धार्मिक सम्पदाको रुपमा आकर्षक मन्दिर निर्माण भएकाे उनले जानकारी दिए ।

 

सल्लाहकार तुल्सीनारायण लाखेमरुका अनुसार मन्दिर निर्माण सम्पन्न गरी मन्दिरमा प्राण प्रतिस्थापन कार्यक्रमसमेत सम्पन्न भएको छ । उनले उक्त मन्दिर निर्माण कार्यको लागि आर्थिक तथा भौतिक सहयोग गर्नेहरुको लर्काे देखेर सवैजना खुशी भएको पनि उनले जनाए । साथै उनले सहयोगी सम्पूर्ण दाताहरु र विभिन्न संघ सस्थाहरुलाई पनि धन्यवाद ज्ञापन गरे ।

 

इसअघि बस्ती निवासी सम्पूर्ण टोलबासीहरुको सकृयतामा  २०७९ फागुन १३ गते एक भेला गरिएको थियो । भेलाले सूर्यविनायक नगरपालिका ८ बासीडोल चाइनिज ईट्टाभट्टाको पूर्व कम्पाउण्डसँगै श्री गणेशको मन्दिर निर्माण गर्ने निर्णय गरेकाे थियो । योजना अनुसार २०७९ चैत १६ गते टोलबासीमध्यको जेष्ठ नागरिक सानुभाइ गोसाईबाट शिलान्यास गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
23°
Clear
5:39 am6:51 pm +0545
Feels like: 23°C
Wind: 6km/h NNW
Humidity: 41%
Pressure: 1004.74mbar
UV index: 0
6 am7 am8 am9 am10 am
24°C
27°C
31°C
34°C
37°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
39°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय