• Home
  • ताजा समाचार
  • जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले धेरै सत्ता गठबन्धन फेरबदल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
Image

जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले धेरै सत्ता गठबन्धन फेरबदल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले धेरै सत्ता गठबन्धन फेरबदल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’rajkirajलाई चेतावनी दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा उनले गणपूरक र प्राविधिक रूपमा बहुमत पुर्‍याउन प्रधानमन्त्रीलाई विशवासको मत दिन आफूहरू तयार भएको बताए । तर, सधैँ बढी खेल्ने काम राम्रो नहुने उनले उल्लेख गरे ।

“इतिहास रच्ने अन्तिम क्षण हो । धेरै प्रयोग गर्ने मान्छे हुुनुहुन्छ, इनफ इज इनफ होला, त्यसो नगर्नु होला,” उनले भने ।

अघिल्लोपटक विश्वासको मत माग्दा प्रधानमन्त्रीमा जति दृढ, विश्वास, ओज देखिएको थियो, यसपटक नदेखिएको उनको भनाइ छ । उनले ‘आठबुँदे सम्झौता किन सात बुँदामा झारेको ?’ भनी प्रश्न गरे ।

उनले ‘सरकार बनेको हप्ता दिनभित्र तीन प्रमुख पद लिँदा मधेसको प्रतिनिधित्व खोइ ?’ भनी थप प्रश्न गरे । उनले भविष्य सधैँ एकै नहुने भन्दै यसरी गए हिसाब खोज्ने र त्यो अप्रिय हुन सक्ने चेतावनी दिए ।

सांसद यादवले अरू देशमा गठबन्धनमा आबद्ध दलका कारण सहकार्य तलमाथि पर्ने भए पनि नेपालमा प्रधानमन्त्री आफैँले ‘चहलपहल’ गर्ने अचम्मको अवस्था देखिएको टिप्पणी गरे ।

“चुनाव भएको १५ महिनाभित्रको तेस्रोपल्ट रोस्ट्रममा उभिएर विश्वासको मत माग्नुभएको छ । सहयात्रीहरू फेरिएको छ, तर प्रधानमन्त्रीचाहिँ विश्वासको मत पाउनुभएको छ,” उनले भने, “यहाँको कार्यकाल लामो कति होला, म यकिनसाथ भन्न सक्दिनँ । तर, आयु तपाईंकै हातमा छ । जनयुद्ध लडेको, अहिले उथलपुथल गर्दिन्छु भन्नुहुन्छ । सहयात्रीलाई थाहै हुँदैन । अरू देशमा सहयात्रीका कारण गठबन्धन धरापमा पर्छ, यहाँ त प्रधानमन्त्रीको कारण । त्यसैले यहाँको हातमा छ ।”

Source :- Bk

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *