Trending

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथा

2.5kViews
0 Shares

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथासङ्ग्रह एक समारोहको बिच लोकार्पण गरेका छन्।

नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो लागे पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धित रहने बताए। उनले नेपाल प्रहरीका सदस्यहरूले  नेपाली साहित्यमा गर्विलो छाप छोडेको स्मरण गरे।

उक्त अवसरमा डा.ध्रुवचन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्यकर्ममा समेत इमानदार, निष्ठावान् र सफल रहेको चर्चा गरे।

त्यस्तै लाेकार्पण कार्यक्रममा राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलबारे चर्चा गरेका थिए।

उक्त कथासंग्रहको प्रकाशक संस्था शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा कथासङ्ग्रहका सर्जक प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय