साेलुखुम्बुकाे तापक्रम माइनस दुईभन्दा कम, जनजीवन कष्टकर

1.3kViews
0 Shares

काठमाण्डाै  पुस १८

चिसोले सोलुखुम्बुको जनजीवन कष्टकर बनेको छ । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्ला लगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको हाे ।

शुक्रवारदेखि नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन् ।

चिसोका कारण त्यहाँका नागरिकहरु आगो तापेर बसेका छन् भने घर बाहिरको काम गर्न समेत कठिनाइ भएको लुक्लाका स्थानीय तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी चिसोको मारमा वृद्धवृद्धा र बालबालिका परेका छन् ।

लुक्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ६ डिग्री सेल्सियसभन्दा तल झरेको हावापानी मापन केन्द्र लुक्लाले जनाएको छ । लुक्लाभन्दा माथिल्लो क्षेत्रको तापक्रम भने माइनस दुईभन्दा कम रहेको बताइएको छ। तापक्रम घटेसँगै पानी जम्न थालेकाले दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय