• Home
  • खेलकुद
  • नेपाल टी-ट्वेन्टी लिग: पोखरा एभेन्जर्ससँग काठमाडौं नाइट्स ५ विकेटले पराजित
Image

नेपाल टी-ट्वेन्टी लिग: पोखरा एभेन्जर्ससँग काठमाडौं नाइट्स ५ विकेटले पराजित

काठमाडौं, १८ पुस । काठमाडौमा जारी नेपाल टी ट्वेन्टी लिगमा पोखरा एभेन्जर्सले तेस्रो जित निकालेको छ ।

सुरुवाती लगातार पाँच खेल हारेको पोखराले पुनरागमन गर्दै तेस्रो जित निकालेको हो । ओपनर सुमित महर्जनको उत्कृष्ट ब्याटिङमा जित निकालेको पोखराले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले दुई बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पुरा गर्‍यो । पोखराका लागि सुमितले ५२ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रन जोडे ।

काठमाडौंका लागि बलिङमा कमल ऐरीले सर्वाधिक तीन विकेट लिए । उनले ३.४ ओभरमा २६ रन खर्चिए । अनिल खरेल र अविनाश बोहराले समान एक/एक विकेट लिए ।

काठमाडौं ६ खेलमा तीन जित र तीन हारसहित ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पोखरा ८ खेलमा पाँच हार र तीन जितको नतिजासहित ४ अंक जोडेर चौथो स्थानमा छ ।

Related Posts

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री

काठमाडौँ, २८ असोज । सन् १९९८ को एनबीए फाइनलको ‘लास्ट डान्स’ शृङ्खलाअन्तर्गत दोस्रो खेलमा माइकल जोर्डनले लगाएको जर्सी…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *