• Home
  • ताजा समाचार
  • सम्पदा संरक्षणमा काठमाडौं महानगरले गरेका कामप्रति राष्ट्रपतिको चासो
Image

सम्पदा संरक्षणमा काठमाडौं महानगरले गरेका कामप्रति राष्ट्रपतिको चासो

१८ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाका सँस्कृति र सम्पदा संरक्षणमा चासो व्यक्त गरेकी छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई आज बिहान शीतल निवासमा बोलाएर उनले महानगरपालिकाले गरेका कामबारे चासो राखेकी हुन् ।

राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले राष्ट्रपतिबाट सम्पदा सँस्कृतिको संरक्षणका सम्बन्धमा विशेष चासो व्यक्त हुँदै आएको र सोही अन्तर्गत आज काठमाडौंका मेयर र उपमेयरसँग छलफल गरेको बताए ।

उनले भने, ‘राष्ट्रपति ज्युले हाम्रा सम्पदा सँस्कृतिको संरक्षणका सम्बन्धमा विशेष चासो राख्दै आउनुभएको छ । उहाँकै चासो अनुसार कतिपयको जिर्णोद्धार पनि भएको छ । यिनै विभिन्न विषयमा मेयर र उपमेयरसँग पनि छलफल गर्नु भएको हो ।’राष्ट्रपति भण्डारीले सुन्धारा, टुँडिखेल, खुलामञ्च लगायतका क्षेत्र तथा काठमाडौं उपत्यकामा विभिन्न समयमा निकालिने जात्राको व्यवस्थापनलगायतका विषयमा चासो राखेको स्रोतले बतायो ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *