• Home
  • ताजा समाचार
  • सम्पदा संरक्षणमा काठमाडौं महानगरले गरेका कामप्रति राष्ट्रपतिको चासो
Image

सम्पदा संरक्षणमा काठमाडौं महानगरले गरेका कामप्रति राष्ट्रपतिको चासो

१८ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाका सँस्कृति र सम्पदा संरक्षणमा चासो व्यक्त गरेकी छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई आज बिहान शीतल निवासमा बोलाएर उनले महानगरपालिकाले गरेका कामबारे चासो राखेकी हुन् ।

राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले राष्ट्रपतिबाट सम्पदा सँस्कृतिको संरक्षणका सम्बन्धमा विशेष चासो व्यक्त हुँदै आएको र सोही अन्तर्गत आज काठमाडौंका मेयर र उपमेयरसँग छलफल गरेको बताए ।

उनले भने, ‘राष्ट्रपति ज्युले हाम्रा सम्पदा सँस्कृतिको संरक्षणका सम्बन्धमा विशेष चासो राख्दै आउनुभएको छ । उहाँकै चासो अनुसार कतिपयको जिर्णोद्धार पनि भएको छ । यिनै विभिन्न विषयमा मेयर र उपमेयरसँग पनि छलफल गर्नु भएको हो ।’राष्ट्रपति भण्डारीले सुन्धारा, टुँडिखेल, खुलामञ्च लगायतका क्षेत्र तथा काठमाडौं उपत्यकामा विभिन्न समयमा निकालिने जात्राको व्यवस्थापनलगायतका विषयमा चासो राखेको स्रोतले बतायो ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni २ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *