चौतारा संरक्षणमा राइनासका युवा
By YOUTV
२ वर्ष अगाडि
Comments: 0
लमजुङ २४ जेठ । लमजुङको राइनास नगरपालिका वडा नं. ८ मा चौतारा संरक्षण तथा सरसफाई अभियान थालेका छन् । पुर्ख्याैली सम्पदाको रुपमा रहेका पाटी पौवा तथा चौताराहरु लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीय युवाहरु सोको संरक्षणमा जुटेका हुन् ।
पछिल्लो समय विकास र संमृद्धिको नाममा बाटोको छेउ छाउमा पर्ने चौताराहरु मास्ने क्रम बढ्दो रहेको र भएका केहि चौतारा पनि जीर्ण अवस्थामा रहेकाले अभियान नै सञ्चालन गरी चौतारा संरक्षण तथा सरसफाईमा युवाहरु जुटेको राइनास ८ का स्थानीय युवा प्रकाश श्रेष्ठले बताए ।
वडाका करिब २० जना युवाहरुको सक्रियतामा अभियान सुरु गरिएको हो । युवाहरूले चौतारा वरिपरीको झाडी फाड्ने, भत्किएको भएमा सोको मर्मत गर्ने गर्दछन् । अभियानमा तार्कुघाट प्रहरी चौकीका इञ्जार्ज तथा सुरक्षाकर्मीहरुले पनि साथ र सहयोग गरेको स्थानीय युवाहरुले बताएका छन् । युवाहरुले सम्पदा संरक्षणको यस अभियानमा सवैले साथ र सहयोग गर्न सामाजिक सञ्जाल मार्फत आव्हान समेत गरेका छन् ।
वातावरण एवम् पर्यावरणको सुन्दरतालाई कायम राख्न र शितल छहारीका लागि पनि चौतारा आवश्यक पर्ने भएकाले युवाहरुले सुरु गरेको अभियानमा सबैले हातेमालो गर्नपर्ने स्थानीय पूर्व शिक्षक चिज कुमार श्रेष्ठ बताउछन् ।
यहि महिनाबाट सुरु भएको अभियान अन्र्तगत हालसम्म वडाभित्र विभिन्न टोलमा रहेका करिव १५ वटा चौतारा सरसफाई गरिएको प्रकाश श्रेष्ठले जानकारी दिए । कतिपय चौतारा जिर्ण अवस्थामा रहेकाले सोको मर्मत गर्नपर्ने युवाहरुले वताएका छन् ।
अभियानको सुरुमा वडाभित्रका सवै चौतारा र वरिपरी सरसफाई गरिने भएको छ । विभिन्न स्थानमा रहेका चौतारो लागि सम्वन्धीत टोलका स्थानीयहरुले संरक्षण जिम्मा लिनपर्ने भएपनि स्थानीयले खासै ध्यान नदिँदा जीर्ण अवस्थामा पुगेको युवाहरुको भनाई छ ।
२ वर्ष अगाडि
२ वर्ष अगाडि
जनजाति, जिवनशैली, ताजा समाचार, पूर्वाधार, मौसम
आजको मौसम तराइका हवाइ उडडयन प्रभावित हुने ४ दिन अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि