• Home
  • अर्थ
  • युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट
Image

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौ,  २५ जेठ ।  युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार बिहान बाँडफाँट भएको छ । यसमा ३७ हजार ९४२ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, यी मध्ये ५ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पार्न सफल भएका छन् । 

यो एफपीओमा लागि कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएकामा १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्याटिलले जानकारी गराएको छ ।

लघुवित्तले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० माघ २१ गतेसम्म बाहल रहनेछ । 

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् । साथै, युनिक नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ । 

Related Posts

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni ७ दिन अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ हप्ता अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *