Trending

 उपनिर्वाचनः इलाम र बझाङमा आज  उम्मेदरवारी दर्ता गरिने

2.5kViews
8 Shares

काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको नाम मनोनय दर्ता हुने कार्यक्रम छ । इलाम क्षेत्र नं।२ र बझाङ प्रदेश १ ९१० मा रिक्त स्थानमा उपनिर्वाचन हुन गैरहेको छ । आज शनिबार ती दुवै स्थानमा उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।

उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने समय निर्धारण गरेको छ । आज साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची आयोगले प्रकाशन गर्ने गर्ने छ ।

त्यसैगरी,उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आयोगले आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरेको छ । अपराह्न ५ बजेपछि भने आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे जाँच गरी निर्णय सार्वजनिक गर्नेछ ।

क्षेत्र नं।.२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि उक्त क्षेत्र खाली भएको हो । त्यसैगरी, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा पनि त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य कांग्रेसका पृथ्वीबहादुर सिंहको गत २५ असारमा सवारी दुर्घटनामा निधन भएपछि त्यो क्षेत्र पनि रिक्त भएको हो ।

 चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते भने आयोगले उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय