• Home
  • ताजा समाचार
  • मुस्लिमहरु को पवित्र महिना रमजानको अवसर मा वीरगन्ज महानगरपालिका ले आयाेजना गरेको संयुक्त इफ्तारी समारोह सम्पन्न
Image

मुस्लिमहरु को पवित्र महिना रमजानको अवसर मा वीरगन्ज महानगरपालिका ले आयाेजना गरेको संयुक्त इफ्तारी समारोह सम्पन्न

मुस्लिमहरु को पवित्र महिना रमजानको अवसर मा वीरगन्ज महानगरपालिका ले आयाेजना गरेको संयुक्त इफ्तारी समारोह सम्पन्न भएको छ । आपसी भाईचारा कायम राखन हेतु वीरगन्ज महानगरपालिकाले आयोजना गरेको इफ्तारी कार्यक्रम मा महानगरको ३२ वटै वडाका गरी करिब ५ हजार भन्दा बढी मुस्लिम धर्मावलम्बीहरु सहभागी भएका थिए ।शुक्रबार साँझ आयोजना गरिएको इफतारी कार्यक्रम मा सहभागी मुस्लिम धर्मावलम्बीहरुको लागि महानगरपालिकाले विभिन्न परिकारका साथै जलपान को बेवास्ता गरि रोजेदारहरु लाई रोजा खोलाएको थियो।त्यसअवसरमा वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह र बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलमले मुस्लिम धर्मावलम्बीहरुयको सबैभन्दा ठूलो पर्व रमजानको अवसर पारेर आयोजना गरिएको इफ्तारीमा सहभागि सबैलाई शुभकामना दिँदै धन्यवाद पनि ब्यक्त गरे का थिए भने एक अर्काकाे धर्म र पर्वप्रति सम्मान गर्दै आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न अनुरो समेत गरेका थिए।मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा महानगरपालिकाले गत वर्षदेखि रमजानमा संयुक्त इफतारी समाराेह आयाेजना गर्दै आएकाे छ। उप प्रमुख इम्तियाज आलम ले यसलाई आगामी बर्षपनि निरन्तरता दिने बताए ।
इफ्तारी समाराेहमा महानगरका प्रमुख राजेशमान सिंह उप प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई , विभिन्न वडाका वडाध्यक्षहरु,अन्य धर्मका अगुवा,महानगरपालिकाका कर्मचारी लगायतका हरु को सहभागिता रहेको थियो।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *