• Home
  • खेलकुद
  • इन्डियन प्रिमियर लिगः  हैदरावादको शानदार जित
Image

इन्डियन प्रिमियर लिगः  हैदरावादको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ । घरेलु मैदानमा हैदरावादले चेन्नाई सुपर किंग्समाथि ६ विकेटले पराजित गरेको हो । चेन्नाईको यो लगातार दोस्रो हार हो भने हैदरावादको दोस्रो जित हो ।

चेन्नाईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो भने जवाफमा हैदरावादले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो ।
हैदरावादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । हैदरवादविरुद्ध कप्तान ऋतुराज गायकवाड र रचिन रविन्द्रको ओपनिङ जोडीले खास गर्न सकेन । यी दुई खेलाडीले २५ रनको साझेदारी गरेका थिए । रविन्द्र ९ बलमा १२ रन बनाएर पहिलो विकेटको रुपमा पभेलियन फर्किए ।

तर, चेन्नईका विस्फोटक अलराउन्डर शिवम दुबेले टोलीमा पुनरागमन गरे पनि ४५ रनको स्कोरमा कमिन्सले उनलाई प्याभिलियनको बाटो देखाए । दुबेका साथै अजिंक्या रहाणेले पनि ३५ रन बनाए । रविन्द्र जडेजाले ३१ रन बनाउँदा डेरियल मिचेलले १३ रनको पारि खेले । महेन्द्रसिंह धोनी १ रनमा नटआउट रहे । हैदरवादका लागि प्याट कमिन्स, टी नटराजन, भुवनेश्वर कुमार, सहवाज अहमतद र जयदेव उनादकटले समान एक –एक विकेट लिए । जवाफी पारिका लागि घरेलु मैदानमा चेन्नाइ विरुद्ध युवा खेलाडी अभिषेक शर्मा र ट्राभिस हेडले उत्कृष्ट सुरुआत गराए । १२ बलमा ३७ रनको आक्रामक पारि खेलेका अभिषेक शर्मा टिमको स्कोर ४६ रन हुँदा आउट भए । उनले तीन छक्का र चार चौका प्रहार गरे  । त्यसपछि ट्राभिस हेड र एडेन मार्करम मिलेर पारि अगाडि बढाएका थिए । हेड २४ बलमा ३१ रनको पारि खेलेर आउट भए ।

ओपनरद्वय अभिषेक र हेडको विकेट गुमेपछि  हैदरावादका एडेन मार्करामले जितको जिम्मेवारी सम्हाले । उनले ३६ बलमा ५० रनको उत्कृष्ट पारि खेले । यस्तै, सहवाज अहमदले १८ रन बनाउँदा हेनरिक क्लासेन १० तथा नितिश कुमार रेड्डीले १४ रनको नटआउट पारि खेल्दै हैदरावादालाई सहज जित दिलाए ।  चेन्नाईका मोइन अलीले २ विकेट लिँदा दीपक चहार र महेश तिक्क्षणाले समान एक –एक विकेट लिए ।  जितपछि हैदरावादले ४ खेलबाट ४ अंक बनाएको छ । चेन्नाईको पनि चार खेलबाट ४ अंक नै रहेको छ । चेन्नाई तालिकाको तेस्रो तथा हैदरावाद पाँचौं स्थानमा छ । जारी आइपीएमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स शतप्रतिशत जितका साथ ६ अंक बनाउँदै शीर्ष २ स्थानमा रहेका छन् । जारी प्रतियोगितामा मुम्बई इन्डियन्सले भने जितको खाता नै खोल्न सकेको छैन ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *