Trending

इन्डियन प्रिमियर लिगः  हैदरावादको शानदार जित

3.0kViews
6 Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ । घरेलु मैदानमा हैदरावादले चेन्नाई सुपर किंग्समाथि ६ विकेटले पराजित गरेको हो । चेन्नाईको यो लगातार दोस्रो हार हो भने हैदरावादको दोस्रो जित हो ।

चेन्नाईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो भने जवाफमा हैदरावादले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो ।
हैदरावादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । हैदरवादविरुद्ध कप्तान ऋतुराज गायकवाड र रचिन रविन्द्रको ओपनिङ जोडीले खास गर्न सकेन । यी दुई खेलाडीले २५ रनको साझेदारी गरेका थिए । रविन्द्र ९ बलमा १२ रन बनाएर पहिलो विकेटको रुपमा पभेलियन फर्किए ।

तर, चेन्नईका विस्फोटक अलराउन्डर शिवम दुबेले टोलीमा पुनरागमन गरे पनि ४५ रनको स्कोरमा कमिन्सले उनलाई प्याभिलियनको बाटो देखाए । दुबेका साथै अजिंक्या रहाणेले पनि ३५ रन बनाए । रविन्द्र जडेजाले ३१ रन बनाउँदा डेरियल मिचेलले १३ रनको पारि खेले । महेन्द्रसिंह धोनी १ रनमा नटआउट रहे । हैदरवादका लागि प्याट कमिन्स, टी नटराजन, भुवनेश्वर कुमार, सहवाज अहमतद र जयदेव उनादकटले समान एक –एक विकेट लिए । जवाफी पारिका लागि घरेलु मैदानमा चेन्नाइ विरुद्ध युवा खेलाडी अभिषेक शर्मा र ट्राभिस हेडले उत्कृष्ट सुरुआत गराए । १२ बलमा ३७ रनको आक्रामक पारि खेलेका अभिषेक शर्मा टिमको स्कोर ४६ रन हुँदा आउट भए । उनले तीन छक्का र चार चौका प्रहार गरे  । त्यसपछि ट्राभिस हेड र एडेन मार्करम मिलेर पारि अगाडि बढाएका थिए । हेड २४ बलमा ३१ रनको पारि खेलेर आउट भए ।

ओपनरद्वय अभिषेक र हेडको विकेट गुमेपछि  हैदरावादका एडेन मार्करामले जितको जिम्मेवारी सम्हाले । उनले ३६ बलमा ५० रनको उत्कृष्ट पारि खेले । यस्तै, सहवाज अहमदले १८ रन बनाउँदा हेनरिक क्लासेन १० तथा नितिश कुमार रेड्डीले १४ रनको नटआउट पारि खेल्दै हैदरावादालाई सहज जित दिलाए ।  चेन्नाईका मोइन अलीले २ विकेट लिँदा दीपक चहार र महेश तिक्क्षणाले समान एक –एक विकेट लिए ।  जितपछि हैदरावादले ४ खेलबाट ४ अंक बनाएको छ । चेन्नाईको पनि चार खेलबाट ४ अंक नै रहेको छ । चेन्नाई तालिकाको तेस्रो तथा हैदरावाद पाँचौं स्थानमा छ । जारी आइपीएमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स शतप्रतिशत जितका साथ ६ अंक बनाउँदै शीर्ष २ स्थानमा रहेका छन् । जारी प्रतियोगितामा मुम्बई इन्डियन्सले भने जितको खाता नै खोल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
28°
Fair
5:28 am7:01 pm +0545
Feels like: 30°C
Wind: 5km/h E
Humidity: 61%
Pressure: 1006.77mbar
UV index: 0
1 am2 am3 am4 am5 am
27°C
27°C
26°C
26°C
26°C
ThuFriSatSunMon
41°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 28°C
42°C / 27°C

प्रिय न्युज


लोकप्रिय