एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री र प्रचण्डलाई कारबाही गर्नुपर्छ –भीम रावल

885Views
0 Shares

 

काठमाडौं । माघ २५ गते
एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का नेता भीम रावलले बताउनुभएको छ । पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेता रावलले राष्ट्रको स्वाधीनतामाथि नै गम्भीर आँच आउने सम्झौता अनुमोदन गर्छौँ भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेको भन्दै दुवै नेतालाई कारबाही गर्नुपर्ने बताउनुभएको हो ।

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले यसबारे छानबिन गर्न पनि समितिसँग आग्रह गर्नुभयो । उहाँले प्रतिनिधि सभामा विचाराधीन विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति जनाउनुभयो । सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र० का सांसद सुदन किरातीले एमसीसी जनमत सङ्ग्रह गरेर अनुमोदन गर्ने वा नगर्ने टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले एमसीसीले देशको राष्ट्रियतामाथि प्रश्न उठाएको तथ्य नभुल्न पनि सरकार र विभिन्न पार्टीका नेताहरूलाई सचेत गराउनु भयो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय